२० असार २०८३, शनिबार
,
Latest
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सरकार परिवर्तनको कुरा निराधार: मुख्यमन्त्री भट्ट



अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारको नेतृत्व परिवर्तनको कुरा निराधार भएको बताउनुभएको छ । रासससँग कुरा गर्दै उहाँले अहिले सरकारको नेतृत्व परिवर्तन गर्ने बेला नभएको बताउनुभयो । 
    
उहाँले भन्नुभयो, “प्रदेश सरकार तथा नेतृत्व परिवर्तनको कुनै कुरा उठेको छैन, सरकार परिवर्तनको हल्ला निराधार हो ।” पछिल्लो समय प्रदेशका कैलालीलगायत जिल्लामा पुनःकोरोना सङ्क्रमितको सङ्ख्या थपिँदै गएकाले आफूहरु रोकथाम तथा नियन्त्रणमा बढी केन्द्रित भएको उहाँले जानकारी दिनुभयो । 

“हामी हाम्रो प्रदेशमा कसरी कोरोना नियन्त्रण तथा रोकथाम गर्ने भन्ने प्रयासमा छौँ”, उहाँले थप भन्नुभयो, “काम नपाएकाहरु सरकार परिवर्तन हुँदैछ भन्ने हल्ला फिँजाउँदैछन् ।” साथै मुख्यमन्त्री भट्टले सरकार परिवर्तन हुने भन्ने निराधार हल्ला तथा भ्रमका पछि नलाग्न र विकासका योजना तथा महामारी नियन्त्रणका क्षेत्रमा लाग्न सबैमा आग्रह गर्नुभयो ।

उहाँले अहिले देशकै राजनीतिक समीकरण परिवर्तन भएकाबेला प्रदेश सरकार हेरफेर भए पनि नौलो कुरा नहुने जानकारी दिनुभयो । दुई तिहाइको सङ्घीय सरकार आफ्नै कारणले विघटन भए पनि सुदूरपश्चिम सरकारले एमालेसँगको गठबन्धन प्राथमिकतामा राखेको र यो कुनै पनि हालतमा नटुट्ने उहाँले जिकिर गर्नुभयो । 
    
अन्य प्रदेश सरकारभन्दा कम काम नगरेको जनाउँदै मुख्यमन्त्री भट्टले देशमा सुशासन, जनआकाङ्क्षाको सम्बोधन, भौतिक तथा सामाजिक विकासलगायत सूचकमा दोब्बर वृद्धि गरेको बताउनुभयो । यहाँका अधिकांश जिल्ला सदरमुकाम जोड्ने सडक कालोपत्र नभएका बेला गठन भएको प्रदेश सरकारले तीन वर्षभित्रै प्रत्येक जिल्लाका पालिका जोड्ने सडक कालोपत्र गर्न सफल भएको र कतिपय यहाँका धार्मिक, पर्यटकीय क्षेत्रका सडकसमेत कालोपत्रको तयारीमा रहेको उहाँको जिकिर थियो । रासस