२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भ्रमणमा बलिउड अभिनेता विवेक ओबराय



अ+ अ-

काठमाडौं । बलिउड अभिनेता विवेक ओबराय बुधबार बेलुका सपरिवार काठमाडौं आइपुगेका छन् ।

दशदिने नेपाल भ्रमणको लागि आएका अभिनेता ओबरायले पशुपतिनाथ मन्दिरको दर्शनसँगै नेपालका बिभिन्न् पर्यटकीयस्थल भ्रमण गर्ने जनार्ईएको छ । विमानस्थलमा संञ्चारकर्मी संग उनले भने ‘म यसअघि नेपाल आएको छैन । बुवाआमा कैंयनपटक आउनुभएको छ । मलाई पशुपतिनाथको दर्शन गर्नुथियो र बच्चाहरुलाई नेपाल देखाउनुथियो । नेपाल र भारतबीच सांस्कृतिक सम्बन्ध रहिआएको छ । मलाई लाग्छ, बच्चाहरुलाई पनि नेपाल देख्नुपर्छ र मैले पनि हेर्नुपर्छ । मलाई लुम्बिनी र पोखरा घुम्न मन छ ।’

उनले विहिबार विहान पशुपति दर्शनपछि चन्द्रागिरी घुम्ने र त्यसपछि जहाजबाट पोखरा जाने त्यहाँ प्याराग्लाइडिङ, बन्जीजम्प, जीप फलायर गर्दै पोखरा घुम्ने योजना छ ।

पोखराबाट उनि धौलागिरि हिमालको अवलोकन गर्न म्याग्दीको प्रसिद्ध घोरेपानी पुग्ने त्यसपछि लुम्बिनी दर्शन गर्न पोखराबाट भैरहवा जानेछन् । उनि भैरहवामा आयोजना हुने मिट एण्ड ग्रीट कार्यक्रममा सहभाी हुने छन् ।

उनी २४ डिसेम्बरमा भारत फर्कने कार्यक्रम छ ।