४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’

जन्मेहुर्केको गाउँमा राष्ट्रपतिको सुझाव

जन्मेहुर्केको गाउँमा राष्ट्रपतिको सुझाव
अ+ अ-

भोजपुर जिल्लाको यस दुर्गम गाउँ आमबोटेमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभीटी)द्वारा आयोजित श्री राम मिथिला प्राविधिक शिक्षालयको नवनिर्मित भवनको उद्‍घाटन कार्यक्रममा सहभागी भई मेरो जन्मघर‚ गाउँ र जिल्लाबासी दाजुभाई दिदीबहिनीहरूसँग भेटघाट गर्ने सुअवसर पाएकोमा मलाई अत्यन्त खुसी लागेको छ ।

म यहीको खेतबारी, उकाली–ओराली, खोलानाला र वनजङ्गलहरूमा खाइखेली गर्दै हुर्केबढेकी तपाईँहरूकै छोरी–चेली हुँ । आफू जन्मेहुर्केको यस गाउँमा प्राविधिक शिक्षालय स्थापना गरी त्यसको नवनिर्मित भवनको उद्‍घाटन गर्ने व्यवस्था मिलाएकोमा म प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

यस प्राविधिक शिक्षालयबाट उत्पादित दक्ष जनशक्तिबाट मुलुकलाई आत्मनिर्भर र स्वावलम्बी तुल्याउने अभियानमा महत्वपूर्ण योगदान पुग्ने मैले विश्‍वास लिएको छु ।

प्राविधिक शिक्षालयको स्थापनाबाट यस क्षेत्रका युवाहरूलाई आफ्नै गाउँ–ठाउँमा रहेर प्राविधिक शिक्षा प्राप्त गरी समाज र राष्ट्रको उन्नति प्रगतिका लागि योगदान गर्ने अवसर प्राप्त हुने छ भने रोजगारीको खोजीमा विदेश नै जानुपर्ने परिस्थितिको अन्त्य गर्न समेत मद्दत पुग्ने मैले अपेक्षा लिएको छु ।

नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा भोजपुर जिल्लाको भूमिका अग्रणी रहेकोछ । यसैगरी मुलुकको सामाजिक, सांस्कृतिक र शैक्षिक जागरणको क्षेत्रमा समेत भोजपुर जिल्लाको विशिष्ट योगदान रहेको छ ।

तथापि, विकासका पूर्वाधारको हिसाबले यो जिल्ला अझै पनि अपेक्षाकृत रूपमा पछि परिरहनु दु: खद् रहेको छ ।

तसर्थ यस जिल्लाको समग्र विकासका लागि सरकार, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्रका साथै आम नागरिकले समेत समन्वयात्मक रूपमा सामुहिक पहल गरिनु पर्दछ ।

यस जिल्लामा उपलब्ध प्राकृतिक स्रोत र साधनको दिगो उपयोग एवं परम्परागत जीविकोपार्जन कृषि प्रणालीलाई व्यवसायीकरण गर्दै कृषि र वन आधारित उद्योगको विकास मार्फत स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सकिन्छ ।

लोप हुने अवस्थामा रहेका स्थानीय कच्चा पदार्थ‚ श्रम र सीपमा आधारित भोजपुर जिल्लाका परम्परागत धातु उद्योग‚ कोगटी‚ खाँडी‚ खुकुरी र बेतबाँस लगायतका हस्तकला उद्योगलाई संरक्षण एवं सम्वर्द्धन गर्नु पर्दछ ।

यसैगरी, सुन्तला, कागती लगायतका फलफूलका साथै चिया, कफी, अलैँची, अदुवा, बेसार, बदाम लगायतका नगदेबालीको व्यवसायिक उत्पादन गर्न सके जनताको जीवनस्तर सुधार गर्न सकिन्छ ।यसबाट एकातिर आयातित सामग्रीमाथिको हाम्रो निर्भरतालाई न्यूनीकरण गर्न मद्दत पुग्दछ भने अर्कातिर यसबाट स्वदेशमै रोजगारीको समेत सृजना गर्न सकिन्छ ।

हाल नेपालले व्यहोर्नु परिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि स्वदेशी उत्पादन र उपभोगमा वृद्धि गर्दै आयात प्रतिस्थापन गरिनु अत्यावश्यक छ ।

यसैगरी, हतुवागढी‚ थामडाँडा‚ गोल्मेभीर‚ नागछाँगा‚ पामाखाम‚ बेहरेश्वर महादेव‚ टेम्के‚ सेल्मे‚ मैयुङ‚ साल्पा पोखरी‚ दिङ्ला‚ मझुवा बेंसी र टक्सार बजार जस्ता ऐतिहासिक‚ प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय गन्तव्यहरूको पूर्वाधार विकासमा हाम्रो ध्यान केन्द्रित हुन
पर्दछ ।

यस सन्दर्भमा, भोजपुरका प्रमुख पर्यटकीय गन्तव्यहरूलाई समावेश गरी ‘मुन्दुम पदमार्ग’को अवधारणासहित जनस्तरबाट पर्यटन प्रवर्द्धनात्मक अभियान सञ्चालन हुनु प्रशंसनीय छ । यस अभियानमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरूको समेत समन्वयात्मक सहकार्य हुनु पर्दछ ।

भोजपुर र संखुवासभा जिल्लाको सीमा नदीको रूपमा रहेको अरुण नदीलाई आधार बनाएर गरिने विकास निर्माणको लाभ भोजपुरबासीहरूले समेत प्राप्त गरिनु पर्दछ भन्ने आम भोजपुरबासीको माग रहेको सन्दर्भलाई समेत सम्बद्ध पक्षले ध्यान पुर्‍याउनु पर्दछ भन्ने मलाई लाग्दछ ।

प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको पहुँच विस्तार गरी देशको लागि आवश्यक पर्ने सीपयुक्त जनशक्ति विकास गर्ने कार्यमा संघीय, प्रदेश र स्थानीय सरकारहरूले प्राथमिकता साथ सहकार्य गर्नुपर्ने मैले ठानेको छु ।

तोकिएको गुणस्तर सुनिश्चित हुने गरी यस शिक्षालयले मागमा आधारित छोटो अवधिका सीपमूलक व्यवसायिक तालिमहरू समेत सञ्चालन गर्न सके गाउँगाउँमै सीपयुक्त जनशक्ति उत्पादन गर्न ठूलो मद्दत पुग्नेछ भन्ने मलाई लाग्दछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटि)द्वारा भोजपुरमाआयोजित श्री राम मिथिला प्राविधिक शिक्षालयको नवनिर्मित भवन समुद्‍घाटन कार्यक्रममा गर्नुभएको संबोधनको पूर्णपाठ