२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको फाइनलमा



अ+ अ-

काठमाडौँ । साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनल खेल अन्तर्गत अल बायेत मैदानमा भर्खरै सम्पन्न खेलमा मोरकक्कोलाई २-० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

फ्रान्सलाई जित दिलाउन थिओ हर्नान्डेज र रान्डल कोलो मोउनीले गोल गरे । खेलको पाँचौं मिनेटमा नै हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाए ।

यस्तै, कोलो मोउनीले ७९ औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेको ४४ सेकेन्डमा नै उनले गोल गर्न सफल भए । त्यसपछि खेलमा थप गोल हुन सकेन र फ्रान्स विजेता बन्यो । मोरक्कोले थुप्रै गोल गर्ने अवसरहरु सिर्जना गरेपनि गोल गर्न भने सकेन ।

अब फ्रान्सले उपाधिका लागि अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिनाले फाइनलमा स्थान बनाइसकेको छ । फाइनल खेल आइतबार ८ः४५ बजे लुसेल मैदानमा हुनेछ ।