२५ मंसिर २०८२, बिहीबार
,
Latest
नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ कार्की सरकार असंवैधानिक हो, कुनै प्रतिष्ठान मास्ने अधिकार छैनः ओली ट्रम्प गोल्ड कार्ड आजदेखि लागू हुँदै जेन–जी र सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः कलाबिहीन भद्दा नाटक पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा एमाले महाधिवेशनमा डर र आतङ्क सिर्जना गर्न ओलीलाई गिरफ्तार गर्ने हल्ला फैलाइयोः महेश बस्नेत लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता रवि–छवि सहकारी ठगी मुद्दा फेरि स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपा र नेपाली सेनाको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको २८औँ महानगर दिवसका उपलक्ष्यमा ‘बृहत् स्वास्थ्य शिविर तथा निःशुल्क औषधी वितरण’ कार्यक्रम सञ्चालन गरिएको छ ।

दिवसका अवसरमा कामपा र नेपाली सेनाको सहकार्यमा आज र बिहीबार दुई दिन शहीद गेट नजिकै रहेको नेपाली सेनाको खेलमैदानमा शिविर सञ्चालन गरिएको हो ।

महानगर प्रमुख बालेन्द्र शाहले आज उद्घाटन गर्नुभएको सो शिविरमा जनरल फिजिसियन, कार्डियोलोजी, छाती रोग, सर्जरी, स्त्री रोग, अल्ट्रासाउन्ड, बालरोग, आँखा रोग, नाक, कान, घाँटी रोग, नसा हाडजोर्नी रोग, फिजियोथेरापी, छाला रोग, नसा तथा मानसिक रोग र दन्त रोगको निःशुल्क परीक्षण तथा औषधी वितरण गरिनेछ । बिहान ८ देखि दिउँसो १२ बजेसम्म बिरामीको नाम दर्ता गर्ने र बिहान १० देखि दिउँसो १ बजेसम्म स्वास्थ्य परीक्षण गरिनेछ ।

काठमाडौँ महानगरपालिका बसोबास गर्ने सबै व्यक्तिलाई लक्षित गरेर सञ्चालन गरिएको शिविरमा अल्ट्रासाउन्ड, मुटुको भिडियो एक्स¬¬–रे, एक्स–रे र मोबाइल हस्पिटल ९भेहिकल० लगायतका मेडिकल उपकरण र साधन प्रयोग गरिएको छ । शिविरमा सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सन अनुसारको औषधी वितरण गर्नाका साथै आवश्यकताअनुसार बिरामीको अन्य अस्पतालमा सिफारिस पनि गरिनेछ ।

कार्यक्रममा सेनापति प्रभुराम शर्मा, नेपाली सेनाका उच्च पदस्थ अधिकृत, कामपाका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।