२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनकै सरकार बन्छ: प्रचण्ड



अ+ अ-

पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै गठबन्धनको सरकार बन्ने बताउनुभएको छ ।

बुधबार आफ्नो जन्मगाउँ कास्कीको अन्नपूर्ण गाउँपालिकाको एक विद्यालयको कार्यक्रममा आउनुभएका अध्यक्ष प्रचण्डले अहिले नै सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयले प्रवेश पाइनसकेको बताउनुभयो ।

आवश्यक परे माओवादीले पनि सरकारको नेतृत्व लिने अवस्था आउनसक्ने उहाँको भनाइ थियो । अहिले सरकार गठनको विषय चलिरहेको भन्दै उहाँले भन्नुभयो, “ तर नेपाली कांग्रेसको संसदीय दलको नेता को हुन्छ भन्ने विषय महत्त्वपूर्ण रहेको छ ।”

अध्यक्ष प्रचण्डका अनुसार नेपाली कांग्रेसको संसदीय दलको नेता चुनिएपछि सरकार गठनको विषयले तीव्रता पाउने र आइपरे माओवादी पनि सरकारको नेतृत्व लिन तयार हुनुपर्ने बताउनुभयो ।