२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकप: दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै



अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ । कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ ।

फ्रान्स मोरक्कोलाई पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको उपाधि जित्न चाहन्छ । फ्रान्स क्वाटरफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । अफ्रिकी राष्ट्र मोरक्को भने विश्वकपमा पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

मोरक्को फ्रान्सलाई पराजित गर्दै एतिहासिक उपलब्धि हासिल गर्न चाहन्छ । यी दुई टोलीबीच विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । क्वाटरफाइनलमा पोर्चुगललाई १–० गोलले हराएर मोरक्कोले सेमिफाइनलमा स्थान बनाएको हो ।

आजको विजेताले उपाधिका लागि फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । गए राति अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोलले हराएर फाइनल यात्रा तय गरेको छ ।