३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई यो टिममा विश्वास थियोः मेसी



अ+ अ-

काठमाडौँ । लियोनल मेसी प्रेरित अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

लुसेल रङ्गशालामा गएराति भएको खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनायो । खेलमा मेसीले एक गोल तथा एक असिस्ट गरे । दुई गोल युलियन अल्भारेजको नाममा रह्यो ।

मेसीले जारी प्रतियोगितामा ५ गोल गर्दै सर्वाधिक गोलकर्तामा फ्रान्सका किलीयन एम्बाप्पेसँग बराबरी पनि गरे । उनी अर्जेन्टिनाका लागि ११ गोलका साथ विश्वकपको सर्वाधिक गोलकर्ता समेत बने ।

खेलपछि मेसीले आफूलाई टिममा विश्वास रहेको बताए । उनी भन्छन् – ‘मलाई थाहा छैन यो मेरो उत्कृष्ट विश्वकप हो या होइन । लामो समयदेखि यो खेलमा रमिरहेको छु । हामी अन्त्यसम्म जान सक्छौं भनेर मलाई यो टिममा विश्वास थियो । हामीलाई आफ्नो क्षमता थाहा छ र मात्र विश्वास गरिदिन आग्रह गर्दछौँ,’

उनी अगाडी भन्छन् – ‘हामी कठिन परिस्थितिको सामना पार गरेर यहाँ आइपुगेका छौं । आज हामी एकदम राम्रो अवस्थामा छौं । र यो खुसी अर्जेन्टिनी समर्थकसँग साट्न चाहन्छौं । अहिले अर्जेन्टिनामा कस्तो अवस्था होला सम्झेर म एकदमै हर्षित छु,’

अब अर्जेन्टिनाले उपाधिका लागि आज राति हुने फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ ।