२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगद्वारा एमालेलाई पुनः पत्राचार, साँझ ५ बजेभित्र त्रुटि सच्याउनु



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदको नाममा भएको त्रुटि सच्याउन नेकपा एमालेलाई पुनः पत्राचार गरेको छ ।

समावेशी र प्राथमिकताक्रम मिचेर नाम छनोट गर्न नमिल्ने भन्दै आयोगले मंगलबार पुनः एमालेलाई साँझ ५ बजेभित्र सच्याउन पत्राचार गरेको हो ।

प्रदेश नम्बर एक र मधेस प्रदेशमा समावेशी र प्राथमिकता क्रम नमिलेको भन्दै आयोगले एमालेलाई सोमबार ४ बजेसम्ममा सच्याउन समय दिएको थियो । तर, एमालेले पुरानै सूचीलाई कायम गर्न अयोगलाई पत्राचार गरेको थियो ।

एमालेले उम्मेदवारको नामावली नेपालको संविधान, प्रचलित कानुन तथा समानुपातिकतर्फको उम्मेदवारको बन्दसूचीको प्राथमकिता क्रम अनुसार रहेकाले उक्त पेस गरेको नामावली यथावत कायम गरिदिन आयोगलाई जवाफ पठाएको थियो ।