२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘केज कल्चर’ले बढायो माछापालनको आम्दानी



अ+ अ-

विराटनगर । मोरङ पथरी शनिश्चरे नगरपालिका हसन्दहका सूर्यबहादुर थापाको परिवारले माछापालनमा ‘केज कल्चर’ अपनाएपछि आम्दानी पनि बढाउन सफल हुनुभएको छ ।

उमेरले ८२ वर्ष टेक्नुभएका थापाले माछापालनका लागि चार बिघा १० कठ्ठा जग्गामा ११ वटा पोखरी निर्माण गर्नुभएको छ । विसं २०२८ मा ८२ बिघा क्षेत्रफलमा धानखेती सुरु गरी व्यावसायिक कृषिखेतीमा आबद्ध हुनुभएका थापाले माछापालनमा ‘आधुनिक प्रविधि’भित्रिएसँगै आम्दानी पनि बढेको सुनाउनुभयो । पाँच दशकअघि धानखेतीमार्फत् व्यावसायिक कृषिखेतीमा लागेको उहाँको परिवार हाल सूर्य एग्रिकल्चर फार्म कम्पनी स्थापना गरी धानसँगै, मकै तथा तरकारी खेती गर्दै आएको छ । साथै बाख्रा, गाई र माछापालनमासमेत होमिएको छ । जसलाई हाल उहाँका छोरा नन्दन थापाले सम्हालिरहनुभएको छ ।

“कृषिमा प्रविधिको प्रयोग बढेपछि खेतीमा पनि विविधता ल्याएका हौँ”, नन्दनले भन्नुभयो, “यद्यपि रासायनिक मल र बिउ नपाउँदा भने बेलाबेलामा समस्या हुने गरेको छ ।”

यस क्षेत्रमा ‘केज कल्चर’ (माछापालनको आधुनिक प्रविधि) सुरुवात भएपछि माछापालनबाट हुने आम्दानी बढेको उहाँको भनाइ छ ।

“माछापालनमा केज कल्चर भित्रिएपछि यसबाट हुने आम्दानी बढेको छ”, उहाँले भन्नुभयो, “यो प्रविधि अपनाएपछि जति खेर पनि माछा उपलब्ध गराउन सकिन्छ ।” केज कल्चर एउटै पोखरीमा फरक–फरक जातिको माछा हुर्काउन सकिने प्रविधि हो ।

माछाका सुकुटी बनाउन ‘सोलार ड्रायर’ समेत राख्नुभएको छ भने थापाले माछापालनका लागि प्रदेश सरकारबाट रु दुई लाख अनुदान पाइसक्नुभएको छ ।

कृषि आधुनिकिकरणको बाटोमा भए पनि चर्को विद्युत्को महशुल, रासायनिक मल र खेतीका लागि विउ अभावलका कारण किसानहरु मर्कामा पर्ने गरेको उहाँको भनाइ छ ।

“सिँचाइका लागि प्रयोग हुने विजुलीमा सहुलियत छैन”, उहाँले भन्नुभयो, “कृषिका लागि प्रयोग हुने विद्युत् महशुल, समयमै विउ र रासायनिक मल नपाउँदा किसानको लागत बढेको छ ।” चार जना परिवारलाई जागिर दिनुभएका थापाले कोरोना महामारीमा भएको लकडाउनमा रु एक लाख ५० हजारको गोलभेडा बिक्री गर्नुभएको थियो ।