२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘केज कल्चर’ले बढायो माछापालनको आम्दानी



अ+ अ-

विराटनगर । मोरङ पथरी शनिश्चरे नगरपालिका हसन्दहका सूर्यबहादुर थापाको परिवारले माछापालनमा ‘केज कल्चर’ अपनाएपछि आम्दानी पनि बढाउन सफल हुनुभएको छ ।

उमेरले ८२ वर्ष टेक्नुभएका थापाले माछापालनका लागि चार बिघा १० कठ्ठा जग्गामा ११ वटा पोखरी निर्माण गर्नुभएको छ । विसं २०२८ मा ८२ बिघा क्षेत्रफलमा धानखेती सुरु गरी व्यावसायिक कृषिखेतीमा आबद्ध हुनुभएका थापाले माछापालनमा ‘आधुनिक प्रविधि’भित्रिएसँगै आम्दानी पनि बढेको सुनाउनुभयो । पाँच दशकअघि धानखेतीमार्फत् व्यावसायिक कृषिखेतीमा लागेको उहाँको परिवार हाल सूर्य एग्रिकल्चर फार्म कम्पनी स्थापना गरी धानसँगै, मकै तथा तरकारी खेती गर्दै आएको छ । साथै बाख्रा, गाई र माछापालनमासमेत होमिएको छ । जसलाई हाल उहाँका छोरा नन्दन थापाले सम्हालिरहनुभएको छ ।

“कृषिमा प्रविधिको प्रयोग बढेपछि खेतीमा पनि विविधता ल्याएका हौँ”, नन्दनले भन्नुभयो, “यद्यपि रासायनिक मल र बिउ नपाउँदा भने बेलाबेलामा समस्या हुने गरेको छ ।”

यस क्षेत्रमा ‘केज कल्चर’ (माछापालनको आधुनिक प्रविधि) सुरुवात भएपछि माछापालनबाट हुने आम्दानी बढेको उहाँको भनाइ छ ।

“माछापालनमा केज कल्चर भित्रिएपछि यसबाट हुने आम्दानी बढेको छ”, उहाँले भन्नुभयो, “यो प्रविधि अपनाएपछि जति खेर पनि माछा उपलब्ध गराउन सकिन्छ ।” केज कल्चर एउटै पोखरीमा फरक–फरक जातिको माछा हुर्काउन सकिने प्रविधि हो ।

माछाका सुकुटी बनाउन ‘सोलार ड्रायर’ समेत राख्नुभएको छ भने थापाले माछापालनका लागि प्रदेश सरकारबाट रु दुई लाख अनुदान पाइसक्नुभएको छ ।

कृषि आधुनिकिकरणको बाटोमा भए पनि चर्को विद्युत्को महशुल, रासायनिक मल र खेतीका लागि विउ अभावलका कारण किसानहरु मर्कामा पर्ने गरेको उहाँको भनाइ छ ।

“सिँचाइका लागि प्रयोग हुने विजुलीमा सहुलियत छैन”, उहाँले भन्नुभयो, “कृषिका लागि प्रयोग हुने विद्युत् महशुल, समयमै विउ र रासायनिक मल नपाउँदा किसानको लागत बढेको छ ।” चार जना परिवारलाई जागिर दिनुभएका थापाले कोरोना महामारीमा भएको लकडाउनमा रु एक लाख ५० हजारको गोलभेडा बिक्री गर्नुभएको थियो ।