२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘केज कल्चर’ले बढायो माछापालनको आम्दानी



अ+ अ-

विराटनगर । मोरङ पथरी शनिश्चरे नगरपालिका हसन्दहका सूर्यबहादुर थापाको परिवारले माछापालनमा ‘केज कल्चर’ अपनाएपछि आम्दानी पनि बढाउन सफल हुनुभएको छ ।

उमेरले ८२ वर्ष टेक्नुभएका थापाले माछापालनका लागि चार बिघा १० कठ्ठा जग्गामा ११ वटा पोखरी निर्माण गर्नुभएको छ । विसं २०२८ मा ८२ बिघा क्षेत्रफलमा धानखेती सुरु गरी व्यावसायिक कृषिखेतीमा आबद्ध हुनुभएका थापाले माछापालनमा ‘आधुनिक प्रविधि’भित्रिएसँगै आम्दानी पनि बढेको सुनाउनुभयो । पाँच दशकअघि धानखेतीमार्फत् व्यावसायिक कृषिखेतीमा लागेको उहाँको परिवार हाल सूर्य एग्रिकल्चर फार्म कम्पनी स्थापना गरी धानसँगै, मकै तथा तरकारी खेती गर्दै आएको छ । साथै बाख्रा, गाई र माछापालनमासमेत होमिएको छ । जसलाई हाल उहाँका छोरा नन्दन थापाले सम्हालिरहनुभएको छ ।

“कृषिमा प्रविधिको प्रयोग बढेपछि खेतीमा पनि विविधता ल्याएका हौँ”, नन्दनले भन्नुभयो, “यद्यपि रासायनिक मल र बिउ नपाउँदा भने बेलाबेलामा समस्या हुने गरेको छ ।”

यस क्षेत्रमा ‘केज कल्चर’ (माछापालनको आधुनिक प्रविधि) सुरुवात भएपछि माछापालनबाट हुने आम्दानी बढेको उहाँको भनाइ छ ।

“माछापालनमा केज कल्चर भित्रिएपछि यसबाट हुने आम्दानी बढेको छ”, उहाँले भन्नुभयो, “यो प्रविधि अपनाएपछि जति खेर पनि माछा उपलब्ध गराउन सकिन्छ ।” केज कल्चर एउटै पोखरीमा फरक–फरक जातिको माछा हुर्काउन सकिने प्रविधि हो ।

माछाका सुकुटी बनाउन ‘सोलार ड्रायर’ समेत राख्नुभएको छ भने थापाले माछापालनका लागि प्रदेश सरकारबाट रु दुई लाख अनुदान पाइसक्नुभएको छ ।

कृषि आधुनिकिकरणको बाटोमा भए पनि चर्को विद्युत्को महशुल, रासायनिक मल र खेतीका लागि विउ अभावलका कारण किसानहरु मर्कामा पर्ने गरेको उहाँको भनाइ छ ।

“सिँचाइका लागि प्रयोग हुने विजुलीमा सहुलियत छैन”, उहाँले भन्नुभयो, “कृषिका लागि प्रयोग हुने विद्युत् महशुल, समयमै विउ र रासायनिक मल नपाउँदा किसानको लागत बढेको छ ।” चार जना परिवारलाई जागिर दिनुभएका थापाले कोरोना महामारीमा भएको लकडाउनमा रु एक लाख ५० हजारको गोलभेडा बिक्री गर्नुभएको थियो ।




भर्खरै