१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

सकियो यसवर्षको किम्फ

सकियो यसवर्षको किम्फ
अ अ+ अ-

काठमाडौैँ । यही मङ्सिर २२ गतेदेखि काठमाडौँमा सञ्चालन भइरहेको काठमाडौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) सोमबार सम्पन्न भएको छ । हिमाल एशोसिएशनको आयोजना र काठमाडौँ महानगरपालिकाको सहआयोजनामा भएको महोत्सवको बीसौँ संस्करणमा यसपटक ३० मुलुकका ६० फिल्म ‘स्क्रिनिङ’ भए । पर्वत, पर्वतीय संस्कृति, वातावरण र मानवअधिकारको कथावस्तुमा बनेका फिल्म प्रदर्शन गरिएको किम्फको यसपटकको नारा ‘दिगो आरोहण’ थियो ।

महोत्सवमा क्यानडा र अमेरिकाका दुई फिल्म सर्वोत्कृष्ट भए । अन्तर्राष्ट्रिय खण्डतर्फ क्यानडाको ‘फार बियोन्ड द पास्चरल्यान्ड्स’ र अमेरिकाको ‘कुमारी: अ फादर्स ड्रिम’ले स्पेसल मेन्सन अवार्ड प्राप्त गरे । मौले प्लान्टी हुसारुक र म्याक्सिम लाकोस्टे लेबियस निर्देशित ‘बियोन्ड र पास्चरल्यान्ड’ले ललिता नामक पात्रको माध्यमबाट मालिकोट गाउँका बासिन्दा यार्सागुम्बा टिप्न अग्ला पहाडमा उक्लने कथालाई पूर्वाग्रहरहित ढङ्गले पेश गर्छ । अमेरिकी निर्देशक सीन ओ कनर निर्देशित ‘कुमारीः अ फादर्स ड्रिम’ले पथप्रदर्शक जगत लामा र अन्यले भूकम्पले भत्काएको बस्तीलाई अझै सशक्त र बलियो बनाउन गरेको प्रयत्नको कथा भन्छ ।

अन्तर्राष्ट्रिय खण्डतर्फ बेलायती निर्देशित ह्युगो साउन्डर्स निर्देशित ‘द सेकेण्ड समिट’ फस्ट च्वाइस, स्वीट्जरल्याण्डका निर्देशकद्धय लिजा रोसिल र क्यारेलिन फ्लिङ्क निर्देशित ‘सोफी लाभौडः लेडी ८०००’ सेकेन्ड च्वाइस र फ्रान्सेली निर्देशक म्याथ्यु लेले निर्देशित ‘अ ह्वाइट ड्रिम’ थर्ड च्वाइस घोषित भए । नेपाल पानोरमा खण्डतर्फ सूर्य शाही निर्देशित ‘ह्विल्स अन द बस’ सर्वोत्कृष्ट फिक्सन घोषित भयो । अनिल बुढामगर निर्देशित ‘द आइरन डिगर’ सर्वोत्कृष्ट डकुमेन्ट्री घोषित भयो ।

नेपाल पानोरमातर्फ इङ्गी होपो कोनिच सुनुवार निर्देशित ‘सेनाको चेली’ र पिङ्की श्रीश रानाको ‘हजुर’ले संयुक्तरूपमा स्पेसल मेन्सन अवार्ड प्राप्त गरे । यसपटकको किम्फमा विद्या चापागाईँ र कमलकुमारको फिल्म ‘हेर्ने कथा’ शृङ्खलाअन्तर्गतको फिल्म ‘बाघको बङ्गारा’ले अडियन्स च्वाइस अवार्ड प्राप्त गर्न सफल रह्यो । महोत्सवमा यस वर्ष माइकल पज, जिन्ना ली र किरणभक्त जोशी निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । पाँच दिनसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चलेको महोत्सवको अन्तिम फिल्म अष्ट्रेलियाली निर्देशक जोय कार्टरको ‘फलाइ फ्रम एभरेष्ट’ बन्यो ।