२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकपको पहिलो सेमिफाइनल आज, अर्जेन्टिना र क्रोएसिया भिड्दै



अ+ अ-

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज मंगलबारबाट सेमिफाइनल खेलहरु सुरु हुँदैछ ।

जसअनुसार पहिलो सेमिफाइनलमा आज राति अर्जेन्टिना र क्रोएसियाले प्रतिस्पर्धा गर्दैछन् । अर्जेन्टिना र क्रोएसियाबीचको खेल दोहाको लुसेल रंगशालामा राति ००ः४५ बजे सुरु हुनेछ ।

दुबै टिमको प्रमुख लक्ष्य जित निकाल्दै फाइनलमा पुग्नु हुनेछ । अर्जेन्टिना लियोनल मेसीको कप्तानीमा मैदानमा उत्रँदा क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् ।

यसअघि क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन् । दुबै टिमले टाइब्रेकरमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

दुई पटक विश्व च्याम्पियन बनिसकेको अर्जेन्टिना क्रोएसियालाई हराएर छैटौं पटक विश्वकपको फाइनल पुग्ने योजनामा रहेको छ ।साविक उपविजेता क्रोएसिया दोस्रो पटक विश्वकपको फाइनल खेल्न चाहन्छ । क्रोएसिया पहिलोपटक विश्वकप उपाधि जित्ने दाउमा रहेको छ ।

अर्जेन्टिना र क्रोएसियाबीच पछिल्लो पटक २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो । समूह चरणको भेटमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले पराजित गरेको थियो । हालसम्म यी दुई टोली ५ पटक आमनेसामने भएका छन् । जसमा दुबैले दुई–दुई खेल जित्दा एक खेल बराबरीमा सकिएको छ ।