२७ भाद्र २०८३, शनिबार
,
Latest
बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकपको पहिलो सेमिफाइनल आज, अर्जेन्टिना र क्रोएसिया भिड्दै



अ+ अ-

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज मंगलबारबाट सेमिफाइनल खेलहरु सुरु हुँदैछ ।

जसअनुसार पहिलो सेमिफाइनलमा आज राति अर्जेन्टिना र क्रोएसियाले प्रतिस्पर्धा गर्दैछन् । अर्जेन्टिना र क्रोएसियाबीचको खेल दोहाको लुसेल रंगशालामा राति ००ः४५ बजे सुरु हुनेछ ।

दुबै टिमको प्रमुख लक्ष्य जित निकाल्दै फाइनलमा पुग्नु हुनेछ । अर्जेन्टिना लियोनल मेसीको कप्तानीमा मैदानमा उत्रँदा क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् ।

यसअघि क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन् । दुबै टिमले टाइब्रेकरमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

दुई पटक विश्व च्याम्पियन बनिसकेको अर्जेन्टिना क्रोएसियालाई हराएर छैटौं पटक विश्वकपको फाइनल पुग्ने योजनामा रहेको छ ।साविक उपविजेता क्रोएसिया दोस्रो पटक विश्वकपको फाइनल खेल्न चाहन्छ । क्रोएसिया पहिलोपटक विश्वकप उपाधि जित्ने दाउमा रहेको छ ।

अर्जेन्टिना र क्रोएसियाबीच पछिल्लो पटक २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो । समूह चरणको भेटमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले पराजित गरेको थियो । हालसम्म यी दुई टोली ५ पटक आमनेसामने भएका छन् । जसमा दुबैले दुई–दुई खेल जित्दा एक खेल बराबरीमा सकिएको छ ।