५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मन राजदूतको अनौठो शौख, साइकल चढेर ढाका प्रस्थान



अ+ अ-

काठमाडाैंः नेपालका लागि आवासीय कुनै विदेशी मुलुकको राजदूत साइकल चढेर दक्षिण एसियाली मुलुकको कुनै देशतर्फ गएको यहाँलाई थाहा छ ?

तर यसपटक यस्तै अनौठो घटना भएको छ । नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्ज अहिले साइकल चढेर नेपालका पहाडी, मैदानी भाग छिचोल्दै भारतको बाटो भएर बंगलादेशको राजधानी ढाकातर्फको यात्रामा हुनुहुन्छ ।

Image

उहाँ आगमी डिसेम्बर २५ मा मनाइने इसाईहरुको चाड क्रिसमस ढाकामा मनाउने सोचमा हुनुहुन्छ ।

उहाँले सामाजिक संजाल ट्वीटरमा आफूले यसपटक ८५० किलोमिटर साइकल यात्रा गर्ने र क्रिसमससम्ममा ढाका पुग्ने सोचाई बनाउनु भएको उल्लेख छ ।

Image

आज सोमबार पहिलो दिन उहाँले ७६ किलोमिटर यात्रा गरेर हेटौंडा पुगेको विवरण पनि ट्वीटरमा लेख्नु भएको छ । पहिलो दिन निकै उबडखाबड तर मनोरम दृश्यबाट आफू अति प्रसन्न भएको र बाटोको थकाई सबै बिर्सिएको पनि उहाँले बताउनु भएको छ ।

Image

Image

Image

तस्वीरहरूः जर्मन राजदूतको ट्वीटरबाट