३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटीका भूकम्प पीडितलाई भिसिएनको सहयोग-फोटो फिचर



अ+ अ-

काठमाडौं । डोटीका भूकम्प पीडितलाई भोलेन्टर क्रप्स नेपाल (भिसिएन) ले राहत सामग्री उपलब्ध गराएको छ ।

सोवर्स एक्सन हङकङ, चीनद्वारा स्थापित डोटी अर्थक्वेक अपन प्रिपोजिसन अफ इमर्जेन्सी रिलिफ प्रोजेक्ट–२०२२ को सहयोगमा भिसिएन राहत सहयोग उपलब्ध गराएको हो ।

डोटीमा गत मंसिर ९ गते भूकम्प गएको थियो भूकम्पमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो भने ३५ घर भत्किएको थियो । त्यस्तै एक हजारभन्दा बढी घरमा क्षति पुगेको थियो ।

भूकम्प पीडितलाई स्वच्छता किटसहित खाद्यान्न तथा गैरखाद्य सामग्री वितरण गरिएको भिसिएनकी उपाध्यक्ष राधा मताङ्गीले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वीचौकी गाउँपालिकाका वडा नं ३ र ५ का ४२८ परिवारलाई राहत सामग्री उपलब्ध गराईएको छ ।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ,पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय, उपाध्यक्ष पशुपति खड्का, वडा नं ५ का अध्यक्ष खडकबहादुर साउद, सशस्त्र प्रहरीका एसपी वीरसिंह सौर, डीएसपी देवेन्द्र सिंह सहित जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य र स्वयंसेवकले राहत सामग्री वितरण गरिएको हो ।