१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

एवोकाडोको उत्पादनसँगै उच्च माग

एवोकाडोको उत्पादनसँगै उच्च माग
अ अ+ अ-

मङ्गलबारे । पछिल्लो समय इलाममा समेत व्यवसायिक एवोकाडो (घीउ फल) को खेती गरिन थालिएको छ । बर्सेनि उत्पादन वृद्धि भए पनि उत्ति नै खपतसमेत बढेको छ । माग अनुसार पु¥याउन नसकिएको बताइएको छ ।

निकै महँगो फलको सूचीमा पर्ने यो फल इलाममा प्रायः सबै गाउँमा उत्पादन भइरहको छ । व्यावसायिक उत्पादन सुरु भने इलामको रोङ गाउँपालिकादेखि भएको हो । जिल्लामा नै पहिलो पटक उक्त गाउँपालिकाको सलकपुरमा बिरुवा रोप्न थालिएको बताइएको छ । विसं २०४५ मा पहिलो पटक एवोकाडोको बिरुवा रोप्न थालिएको बताइएको छ ।

सुरु सुरुमा स्वादसमेत धेरैलाई मन पर्दैनथ्यो र तर पछिल्लो समय स्वास्थ्यलाई समेत राम्रो मानिएकाले यो फल उपभोग गर्नेको सङ्ख्यासमेत वृद्धि हुँदै गएको छ । हाल बोटमा नै आएर व्यापारीले मोलमोलाई गरेर खरिद गर्न थालेपछि गाउँमा फुटकर रुपमा बिक्रीसमेत हुँदैन । यसको माग व्यापक वृद्धि हुँदै गएकाले छिटो सकिने गरेको सलकपुरका किसान इश्वरी अधिकारीले बताउनुभयो । उहाँका अनुसार गतवर्ष दुई बोटमा जेनेतेन ८० किलो उत्पादन भएको थियो । यसवर्ष सोही बोटमा करिब दुईसय पचास किलो उत्पादन भएको छ ।

बोटबाट नै प्रतिकिलो रु दुईसयमा खरिद बिक्री हुने यो फल नेपालीले मात्र होइन नजिकै रहेको छिमेकी देश भारतबाट आउने पाहुनाले समेत खरिद गरेर लैजाने गरेको किसानको भनाइ छ । विभिन्न देशकै पनि धेरै स्थानबाट माग बढ्दै गएको अधिकारी एग्रो बबना कटेजका सञ्चालक याम अधिकारीले बताउनुभयो ।

उहाँले गएको वर्षभन्दा यसवर्ष उत्पादन वृद्धि भएको बताउनुभयो । साना बिरुवा रोप्ने क्रम बढिरहेकाले पनि बर्सेनि यसको उत्पादनमा वृद्धि हुँदै गएको छ । पहिला स्थानीय समाजसेवी स्वरोमस अधिकारीको बगानमा दुई वटा मात्र बिरुवा थिए । तिनै बोटबाट गाउँमा सामान्य चाख्न पुग्थ्यो । हाल उत्पादन र मागसमेत बढेको छ । अहिले गाउँभर प्रायः सबैको बगानमा यसको उत्पादन भइरहेको छ, तर पनि खास बजार पु¥याउन नै नपरेको किसान कल्पना भण्डारीले बताउनुभयो । उहाँले समेत यसको व्यवसायिक उत्पादन गर्दै आउनु भएको छ । रोङ गाउँपालिका झापासँग नजिक रहेका कारण पनि यहाँबाट धेरै फलको कारोबार हुने गरेको छ ।

अत्यधिक पौष्टिक र प्रोटिनयुक्त यो फल सुरुमा चाना काटेर रोटीमा दलेर खाने गरिएको भए पनि अहिले यसको अतिरिक्त जुस बनाएर समेत खाने गरिएको छ । करिब दुईवर्ष अघि रोङ गाउपालिकाले किसानको मागअनुसार अनुदानमा बिरुवासमेत वितरण गरेको स्थानीय पत्रकार गोविन्द पौडेलले बताउनुभयो ।

उहाँले गाउँमा यसको व्यावसायिक उत्पादन गर्ने किसानको सङ्ख्यासमेत वृद्धि हुँदै गएको बताउनुभयो । दर्जनौँ परिकार बनाउन सकिने एवोकाडो एउटै बोटमा चार÷पाँच सय किलोसम्म फल्ने गरेको छ । रोङ गाउँपालिकासहित इलाम नगरपालिकालगायत जिल्लाभरी नै यसको उत्पादन सुरु भएको छ । व्यावसायिक उत्पादन गर्ने किसानको सङ्ख्या भने थोरै छ ।

जिल्ला वन कार्यालय इलामले समेत गएको वर्ष र यस वर्ष किसानलाई बिरुवा वितरण गरेको छ । यो फल पनि विभिन्न जातको हुने गरेको छ । जोखेर नै कारोबार हुने गरेको भए पनि सानो फलको कम मूल्य र ठूलो फलको उच्च मूल्य हुने गरेको छ ।

यसको प्रतिकिलो रु एक पचासदेखि दुई सयसम्म कारोबार भइरहेको छ । खास स्वादमा नौनी घीउ जस्तो हुने गरेको छ । लाम्चो, डल्लो तथा विभिन्न साइजमा फल्ने यो फल धेरैलाई नयाँसमेत लाग्ने गरेको छ । यस मौसममा खानयोग्य हुने यो फल भण्डारण गर्ने हो भने पछि यसको मूल्य अझ उच्च हुने किसानको भनाइ छ । रासस