५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडामा तरकारी बजार उद्घाटन



अ+ अ-

बागमती । मकवानपुरको हेटौँडामा तरकारी तथा फलफूल बेच्नका लागि निमार्ण गरिएको बजार भवनको आज उद्घाटन गरिएको छ ।

हेटौडा उपमहानगरपालिका वडा १ स्थित चौकीटोलमा निमार्ण भएको सो तरकारी बजार भवनको उपमहानगरपालिकाका नगरप्रमुख मीना लामा तथा उपप्रमुख राजेश बानीयाँले उद्घाटन गर्नुभयो ।

सो तरकारी बजारमा ३३ थोक र एक सय छ खुद्रा पसल कक्ष निर्माण गरिएको नेपाल फलफूल तथा तरकारी व्यवसायी सङ्घ हेटौडाले जनाएको छ । सङ्घ र उपमहानगरपालिकाको लगानीमा सो बजारको निमार्ण गरिएको सङ्घका सह–सचिव मजोज साहले जानकरी दिनुभयो ।

बसपार्कमा रहेका एक सय ६ व्यवसायीबाट रु दुई लाख ५० हजार तथा उपमहानगरपालिबाट रु ३३ लाख गरी कूल ३५ लाख ५० हजारको लागतमा सो बजार भवनको निमार्ण भएको सह–सचिव साहले भन्नुभयो ।

सो अवसरमा नगरप्रमुख लामाले हेटौडा उपमहानगरपालिकालाई व्यवस्थित वनाउन सवैको सहयोगको खाँचो रहेको वताउनुभयो ।