२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडामा तरकारी बजार उद्घाटन



अ+ अ-

बागमती । मकवानपुरको हेटौँडामा तरकारी तथा फलफूल बेच्नका लागि निमार्ण गरिएको बजार भवनको आज उद्घाटन गरिएको छ ।

हेटौडा उपमहानगरपालिका वडा १ स्थित चौकीटोलमा निमार्ण भएको सो तरकारी बजार भवनको उपमहानगरपालिकाका नगरप्रमुख मीना लामा तथा उपप्रमुख राजेश बानीयाँले उद्घाटन गर्नुभयो ।

सो तरकारी बजारमा ३३ थोक र एक सय छ खुद्रा पसल कक्ष निर्माण गरिएको नेपाल फलफूल तथा तरकारी व्यवसायी सङ्घ हेटौडाले जनाएको छ । सङ्घ र उपमहानगरपालिकाको लगानीमा सो बजारको निमार्ण गरिएको सङ्घका सह–सचिव मजोज साहले जानकरी दिनुभयो ।

बसपार्कमा रहेका एक सय ६ व्यवसायीबाट रु दुई लाख ५० हजार तथा उपमहानगरपालिबाट रु ३३ लाख गरी कूल ३५ लाख ५० हजारको लागतमा सो बजार भवनको निमार्ण भएको सह–सचिव साहले भन्नुभयो ।

सो अवसरमा नगरप्रमुख लामाले हेटौडा उपमहानगरपालिकालाई व्यवस्थित वनाउन सवैको सहयोगको खाँचो रहेको वताउनुभयो ।