२३ भाद्र २०८३, मंगलवार
,
Latest
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारा तेक्वान्दोका ऐतिहासिक पदक विजेता टोली स्वदेश फिर्ता



अ+ अ-

काठमाडौं । साउदी अरबियामा आयोजना भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाउने टोली स्वदेश फर्किएका छन् ।

दुई खेलाडी र एक प्रशिक्षकसहित तीन सदस्सीय नेपाली टोलीलाई सोमबार तेक्वान्दो संघका पदाधिकारीले बिमानस्थलमा स्वागत गरेका हुन् ।

गत बिहीबार राति रियादमा भएको प्रतियोगितामा नेपालकी सिर्जना घिसिङले ५२ केजीमुनि के–४४ क्याटगोरीमा टर्कीका खेलाडी मेर्येम बेटुल काभडारलाई १२-० अंकले हराएर स्वर्ण पदक जितेकी थिईन्।

सेमिफाइनलमा ब्राजिलकी क्रिष्टियन नासिमेन्तो र क्वाटरफाइनलमा मेक्सिकोकी जेसिका क्वीजानोलाई हराएर फाइनलमा प्रवेश गरेकी सिर्जनाले विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा नेपाललाई पहिलो स्वर्ण दिलाएकी हुन् ।

सिर्जनाले यसअघि एसियन पारा युथ गेम्स र डब्लूटी प्रेसिडेन्ट कपमा रजत पदक जितेकी थिइन् ।

प्रतियोगितामा नेपालको तर्फबाट सिर्जनासँगै ५७ केजीमुनि पारा ओलम्पियनमा पलेशा गोबद्र्धनले पनि सहभागिता जनाएकी थिईन । पलेशा भने फाइनलमा प्रवेश गर्न सकिनन् ।

नेपाली टोलीको प्रशिक्षकमा इन्टरनेसनल लेभल– २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा छन् ।