२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारा तेक्वान्दोका ऐतिहासिक पदक विजेता टोली स्वदेश फिर्ता



अ+ अ-

काठमाडौं । साउदी अरबियामा आयोजना भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाउने टोली स्वदेश फर्किएका छन् ।

दुई खेलाडी र एक प्रशिक्षकसहित तीन सदस्सीय नेपाली टोलीलाई सोमबार तेक्वान्दो संघका पदाधिकारीले बिमानस्थलमा स्वागत गरेका हुन् ।

गत बिहीबार राति रियादमा भएको प्रतियोगितामा नेपालकी सिर्जना घिसिङले ५२ केजीमुनि के–४४ क्याटगोरीमा टर्कीका खेलाडी मेर्येम बेटुल काभडारलाई १२-० अंकले हराएर स्वर्ण पदक जितेकी थिईन्।

सेमिफाइनलमा ब्राजिलकी क्रिष्टियन नासिमेन्तो र क्वाटरफाइनलमा मेक्सिकोकी जेसिका क्वीजानोलाई हराएर फाइनलमा प्रवेश गरेकी सिर्जनाले विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा नेपाललाई पहिलो स्वर्ण दिलाएकी हुन् ।

सिर्जनाले यसअघि एसियन पारा युथ गेम्स र डब्लूटी प्रेसिडेन्ट कपमा रजत पदक जितेकी थिइन् ।

प्रतियोगितामा नेपालको तर्फबाट सिर्जनासँगै ५७ केजीमुनि पारा ओलम्पियनमा पलेशा गोबद्र्धनले पनि सहभागिता जनाएकी थिईन । पलेशा भने फाइनलमा प्रवेश गर्न सकिनन् ।

नेपाली टोलीको प्रशिक्षकमा इन्टरनेसनल लेभल– २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा छन् ।