९ भाद्र २०८३, मंगलवार
,
Latest
भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दसूचीको विवरण दिउँसो ४ बजे सच्याउन समय



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउनका लागि दलहरुलाई समय दिएको छ ।

आयोगले त्रुटी गरेर समानुपातिक उम्मेदवारहरुको नाम पठाउने राजनीतिक दलहरुलाई त्रुटी सच्याएर पुनः विवरण पठाउनका लागि आज दिउँसो ४ बजेसम्मका लागि समय दिएको हो । यस सम्बन्धमा जानकारी दिँदै निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका प्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधि सभा अन्तर्गत दलहरुले बुझाएको समानुपातिक उम्मेदवारहरुको विवरणमा सच्याउनुपर्ने अवस्था नभएको बताउनु भयो ।

केही राजनीतिक दलहरुले प्रदेश सभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटी देखिएकाले सो विवरण सच्याएर आयोगमा पठाउनका लागि राजनीतिक दलहरुलाई पत्राचार गरिएको उहाँले बताउनु भयो ।

उहाँले आयोगले दलहरुबाट त्रुटी सच्याएको विवरण प्राप्त गरेपछि उम्मेदवारहरुलाई निर्वाचित घोषणा गर्ने र प्रमाणपत्र वितरण हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘ हामीले छानविन गर्दा केही केही राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नमिलेको देखियो । नमिलेको विवरण  सोमवार ४ बजेसम्म राजनीतिक दलहरुले त्यो विवरण सच्याएर आयोगमा पेस गर्नुपर्छ । अनि आयोगले त्यसरी पेस भएको नामावलीहरुलाई निर्वाचित हुनेगरी निर्णय गर्छ ।

प्रतिनिधि सभातर्फ पेस भएको बन्दसूचीको विवरणमा कुनैपनि सच्याउनुपर्ने अवस्था छैन । सबै दलले पेस गरेको विवरण ठिक छ । प्रदेश सभा तर्फ केही–केही राजनीतिक दलले पेस गरेको विवरणमा अल्पसंख्यक दुई जना सिफारिस गर्नुपर्नेमा एकजना सिफारिस गरिएको देखिएको छ । मुस्लिममा १ नम्बरमा सिफारिस नगरेर २ नम्बरको प्राथमिकताक्रममा रहेको व्यक्तिलाई सिफारिस गरिएको छ ।

अल्पसंख्यक पुगिसकेपछि फेरि अल्पसंख्यककै समूह तानेर सिफारिस गरिएको देखिन्छ । अल्पसंख्यक एक जना हुनुपर्नेमा दुई जनाको नाम लिइएको देखिन्छ । खस आर्यको पहिलो प्राथमिकताक्रमको सिफारिस गर्नुपर्नेमा दोस्रो प्राथमिकता क्रमको सिफारिस गरेको देखिन्छ । ७ जना सिफारिस गर्नुपर्नेमा १० जनाको नाम सिफारिस गरिएको छ । महिलाको नाम सिफारिस गर्नुपर्नेमा पुरुषको नाम सिफारिस भएको छ ।

खस आर्यको नाम सिफारिस हुनुपर्नेमा थारुको नाम सिफारिस भएको छ । खस आर्य महिलाको नाम सिफारिस गर्नुपर्नेमा सो बाहेक अन्यको नामावली सिफारिस गरिएको लगायतका त्रुटीगत विषयहरु देखिएका छन् । यो विषयमा सुधार गरेर पेस गर्न भनेर हामी २०७९ मंसिर २६ गते ४ बजेसम्म सुधार सहितको विवरण पेस गर्न पत्राचार गर्छौ । आयोगले सुधार सहितको विवरण प्राप्त भइसकेपछि त्यसरी बन्दसूचीमा रहेका उम्मेदवारहरुलाई निर्वाचित भएको घोषणा गर्छ र त्यसपछि उहाँहरुलाई प्रमाणपत्र वितरण हुन्छ ।’

उहाँले १४ वटा राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणाली तर्फबाट उम्मेदवार निर्वाचित गर्न पाउने गरी मत प्राप्त गरेको र सबैले शनिवार नै बन्दसूचीमा रहेका उम्मेदवारहरुको नामावली पेस गरेका उल्लेख गर्नुभयो ।