• २ श्रावण २०८१, बुधबार
  •      Wed Jul 17 2024
  •   Unicode
Logo
Latest
★   साउन लागेसँगै चुरापोतेको व्यापार बढ्यो ★   सत्तापक्षको मुख्य सचेतकमा महेश बर्तौला नियुक्त ★   परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट ★   प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिनुहुने ★   तनहुँको भादगाउँमा एक सातादेखि खानेपानी आपूर्ति बन्द ★   अण्डा उत्पादक ७५ प्रतिशत किसान विस्थापित ★   पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द अस्वस्थ ★   १३२ केभी बुर्तिबाङ ‘सवस्टेशन’ अन्तिम चरणमा ★   योगमाया जलसमाधि स्मृति दिवसः राष्ट्रिय विभूति बन्न नसकेकी योगमाया ★   बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीलाई अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन अनुरोध

चोलेन्द्र प्रकरणमा संघीय संसद सचिवालयले लेखेको जवाफी पत्र सर्वोच्चमा



काठमाडौँ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतले पठाएको पत्रको जवाफ दिनुभएको छ ।

गएको बुधबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिँदै राणालाई कामकाज गर्न दिन सर्वोच्चलाई पत्र लेख्नुभएको थियो ।

गौतमको सो पत्रमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतका सहरजिस्ट्रार नारायणप्रसाद रेग्मीले उहाँसँग जवाफ माग्नुभएको थियो । कुन संविधान र कानुनको आधारमा महाभियोग निष्प्रभावी भएको हो भन्ने रेग्मीको प्रश्न थियो ।

गौतमले जानकारी पत्रमा भन्नुभएको छ ‘संघीय संसदका महासचिवले ७ दिन भित्र लिखित जवाफ दिनुपर्ने आदेश भएकोले सर्वोच्च अदालतको पूर्ण बैठकको २०७९र०८र२१ निर्णानुसार सोधिएका विषयहरुको जानकारी पनि अन्तरिम आदेशको लिखित जवाफको क्रममा समावेश हुने व्यहोरा पूर्ण बैठक समक्ष सादर अनुरोध गर्दछु।’

संघीय संसदका महासचिवले लेखेको सो पत्र कार्यान्वयन नगर्नु नगराउनु भन्दै यसअघि नै सर्वोच्चको संवैधानिक इजलासले फैसला गरिसकेको छ ।