• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

कतार विश्वकप: गोल्डेन बुटको दाबेदारमा एमबाप्पे, मेस्सी र जिरोड



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ । गए रातिबाट क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसँगै विश्वकपमा सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो । जसमा फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्को रहेका छन् ।

आफ्नो टोलीको उत्कृष्ट प्रदर्शनसँगै दर्शकहरुले फिफा विश्वकपमा प्रदान गरिने अवार्डमाथि पनि चासो राख्दछन् । यी मध्ये एक हो ‘गोल्डेन बुट’ । यो अर्वाड विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई दिइन्छ ।

अन्तिम पटक २०१८ मा रसियामा भएको विश्वकपमा इङ्ल्यान्डका ह्यारी केनलाई गोल्डेन बुट दिइएको थियो । उनले ६ गोल गरेका थिए ।

यस विश्वकपमा अहिलेसम्म गोल्डेन बुटका दाबेदारमा फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले सबै खेलाडीलाई पछाडि पारेका छन् । उनले ५ गोल गरिसकेका छन् ।

यस्तै, अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र फ्रान्सका ओलिभर जेरुड पनि दाबेदारको सूचीमा रहेका छन् । मेस्सी र जेरुडले समान ४/४ गोल गरेका छन् ।