१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

इंग्ल्याण्डलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा

इंग्ल्याण्डलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा
अ अ+ अ-

एजेन्सी । फ्रान्स कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा इंग्ल्याण्डलाई २–१ गोलले पारजित गर्दै साविक विजेता फ्रान्स उपाधि नजिक पुगेको हो ।

फ्रान्सको जितमा अरेलियन चोउमेनी र ओलिभर जिरुडले एक–एक गोल गरे । इंग्ल्याण्डका ह्यारी केनले एक गोल फर्काए । अल बेयत स्टेडियममा भएको अन्तिम क्वाटरफाइनलको खेलमा ११ औं मिनेटमा फ्रान्सका ओलिभर जिरुडले हेडरमार्फत प्रहार गरेको बललाई इंग्ल्याण्डका गोलकिपर पिकफोर्डले सजिलै नियन्त्रणमा लिए ।

१७ औं मिनेटमा डि–बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै चोउमेनीले फ्रान्सलाई सुरुवाती अग्रता दिलाए । उनलाई एन्टोनी ग्रिजमनले पास उपलब्ध गराएका थिए । २२ औं मिनेटमा ह्यारी केनको प्रहारलाई फ्रान्सका किपर ह्युगो लोरिसले बिफल पारे । फ्रान्सका दुई डिफेन्डरलाई बिट गर्दै केनले बल प्रहार गरेका थिए ।

२८ औं मिनेटमा पुनः केनले प्रहार गरेको बललाई लोरिसले बाहिर पठाए । ३९ औं मिनेटमा फ्रान्सका लागि अग्रता बढाउने अवसर किलियन एम्बाप्पेले गुमाए । उनले डि–बक्सभित्रबाट प्रहार गरेको बल आकाशियो ।

५३ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । फ्रान्सका चोउमेनीले बुकायो साकालाई डि–बक्स भित्र लडाएपछि रेफ्रिले भिएआरको सहायताले पेनाल्टी दिएका थिए ।

७८ औं मिनेटमा जिरुडले हेडरमार्फत गोल गर्दै फ्रान्सलाई २–१ को अवस्थामा पुर्याए । ग्रिजमनको लामो पासलाई उनले हेडरमार्फत गोल गरे । ८४ औं मिनेटमा इंग्ल्याण्डलाई बराबरी गर्ने अवसर थियो । तर, ह्यारी केन पेनाल्टीमा गोल गर्न चुके । उनले पोस्टभन्दा माथि बल प्रहार गरेर इंग्ल्याण्डको सेमिफाइनल यात्रा जिवीतै राख्ने अवसर खेर फाले ।

खेलको अन्तिम समयमा इंग्ल्याण्डलाई गोल गर्ने अवसर मिलेको थियो । डि–बक्स भन्दा थोरै बाहिर इंग्ल्याण्डले फ्रिकिक पायो । तर, बैकल्पिक खेलाडी मार्कुस रासफोर्डले उक्त अवसर सदुपयोग गर्न सकेनन् । उनको फ्रिकिक प्रहार पोस्टबाट थोरै माथि बाहिरिन पुग्यो ।

योसँगै कतार विश्वकपको सेमिफाइनलमा समिकरण पूरा भएको छ । अर्जेन्टिना, क्रोएसिया, मोरक्को र फ्रान्सले सेमिफाइनलमा स्थान बनाएका छन् । अब सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच तथा फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ ।