२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्घाखाँचीमा कार दुर्घटना हुँदा ५ जना घाइते, दुईको अवस्था गम्भीर



अ+ अ-

काठमाडौँ । अर्घाखाँचीको शितगंगा नगरपालिका–२ सितापुरमा कार दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेकोमा प्राथामिक उपचार केन्द्र ठाडामा सामान्य उपचारपछि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।

सुपादेउराली मन्दिर दर्शन गरेर बुटवल जादै गरेको ग ३ च १५७९ नम्बरको कार दुर्घटना भएको हो । गम्भीर घाइते हुनेमा तनहुँ आवुखैरनी गाउँपालिका वडा नम्बर ३ का ३१ वर्षिय कार चालक सिशन त्रिपाठी र सोहि ठाउँकी २५ वर्षिय प्रकृती त्रिपाठी रहेका छन् ।

यस्तै अन्य तिन जना घाइतेहरु मध्ये ५५ वर्षकी लक्ष्मी त्रिपाठी, ५१ वर्षका अन्सु त्रिपाठी,२८ वर्षिय शिशिर त्रिपाठी रहेका छन् । कार सडक देखि ८० मिटर तल खसेको छ ।