२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलका मुख्य प्रशिक्षक टिटेले दिए राजीनामा



अ+ अ-

एजेन्सी । ब्राजिलको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका छन् ।

कतार विश्वकपको क्वाटरफाइनलबाट ब्राजिल बाहिरिएपछि मुख्य प्रशिक्षक टिटेले पद छाडेका हुन् ।

शुक्रबार राति ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४–२ ले स्तब्ध पारेको थियो ।

६१ वर्षीय टिटे २०१६ मा ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । डुंगाले छाडेपछि उनी ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

टिटेको नेतृत्वमा ब्राजिलले २०१९ मा कोपा अमेरिका जितेको थियो भने उनको नेतृत्वमा ब्राजिलले ८१ खेल खेल्दा ६० खेल जितेको छ ।