६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा समेत २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । अर्जेन्टिनाका लियोनल मेसी, लिन्ड्रो परेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गरे भने एन्जो फर्नान्डेज पेनाल्टीमा चुके ।

उता, नेदरल्यान्ड्सका लुक डी योङ, वोउट वेघोर्स्ट र टुन कुपमाइनर्सले गोल गर्दा भिर्गिल भान डाइक र स्टिभन बेर्घुइस पेनाल्टीमा गोल गर्न चुके । त्यसअघि लुसेल स्टेडियममा भएको खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो ।

खेलको ३५ औं मिनेटमा नाहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ७३ औं मिनेटमा मेसीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए ।

खेलको ८३ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका वोउट वेघोर्स्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २–१ को अवस्थामा ल्याए । उनी ७८ औं मिनेटमा मेम्फिस डिपाएको स्थानमा मैदान छिरेका थिए । त्यसपछि खेलको इन्जुरी समयमा वेघोर्स्टले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याएका थिए ।