४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

हस्तकलाको विकास र बिस्तार आवश्यकः पर्यटनमन्त्री श्रेष्ठ

हस्तकलाको विकास र बिस्तार आवश्यकः पर्यटनमन्त्री श्रेष्ठ
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली हस्तकलाको विकास र बिस्तार गरी हस्तकला क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

शुक्रवार नेपाल हस्तकला महासंघले आयोजना गरेको १९ औं हस्तकला व्यापार मेलामा बोल्दै मन्त्री श्रेष्ठले हस्तकलाको क्षेत्रमा देखिएका समस्या समाधान गरी हस्तकलाको विकास र बिस्तार गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो । उहाँले नेपाली बेरोजगार युवाहरुलाई हस्तकलाको सीप सिकाएर नेपालमा नै व्यवसाय गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले युवाहरुलाई नेपालमा नै हस्तकलाको व्यवसाय गर्ने वातावरण बनाउँदा रोगजारी मात्रै नभएर अर्बौं रुपैयाँको विदेशी मुद्रा नेपालमा भित्र्याउन सकिने बताउनु भयो । मन्त्री श्रेष्ठले हस्तकलाका सामग्री विदेशमा निर्यात हुँदा मुलुकको व्यापार घाटा न्युनिकरण गर्नको लागि हस्तकला क्षेत्रले ठूलो योगदान गरिरहेको बताउनु भयो । उहाँले ग्रामिण क्षेत्रका युवालाई हस्तकला सीप सिकाएर हस्तकलाका वस्तु उत्पादनमा वृद्धि गर्नेतिर ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपालबाट निर्यात हुने विभिन्न वस्तु मध्ये ठूलो माग हस्तकला क्षेत्रले ओगटेको छ । विश्वमा नेपाली हस्तकला लोकप्रिय रहेका छन् । मुलुकको व्यापार घाटा न्युनिकरण गर्नको लागि हस्तकला क्षेत्रले ठूलो योगदान गरको छ । गत आर्थिक वर्षमा १२ अर्ब बराबरको हस्तकलाका वस्तुहरु निर्यात भएको छ । नेपाली हस्तकलाको माग विश्वका धेरै मुलुकमा रहेको छन् । युवाहरुलाई हस्तकलाको सीप सिकाएर मुलुकभित्र नै व्यवसाय गर्न प्रोत्साहन गर्ने हो भने युवाले रोजगारी मात्रै नभएर देशमा अर्बौं रुपैयाँ बराबरको विदशी मुद्रा भित्र्याउन सक्छ । ग्रामिण क्षेत्रका युवालाई हस्तकला सीप सिकाएर हस्तकलाका वस्तु उत्पादनमा वृद्धि गर्नेतिर ध्यान दिनुपर्छ ।

विभिन्न जातजाति विशेषका हस्तकलाहरुको सीप प्रवद्र्धन गर्न जरुरी छ । हस्तकलाको विकास र बिस्तार गर्न तथा हस्तकला क्षेत्रका समस्या समाधान गर्नको लागि काम गर्ने प्रतिवद्धता जनाउन चाहन्छु । नेपाली हस्तकला सम्बन्धि व्यापार मेला क्यालेण्डरमा राखेर नेपालमा अन्तराष्ट्रिय स्तरको मेला आयोजना गर्नसक्ने हो भने पर्यटनलाई समेत प्रवद्र्धन गर्नसक्छ । त्यसको लागि नेपाल पर्यटन बोर्डले वार्षिक रुपमा अन्तर्राष्ट्रिय स्तरको हस्तकला मेला आयोजनाका लागि सहकार्य गर्न आग्रह गर्दछु ।’

मन्त्री श्रेष्ठले नेपाली क्यालेण्डरमा राखेर वर्षमा एक पटक अन्तराष्ट्रिय स्तरको हस्तकला सम्बन्धि व्यापार मेला आयोजना गर्नसके पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनु भयो । उहाँले नेपाल पर्यटन बोर्डलाई वार्षिक रुपमा अन्तर्राष्ट्रिय स्तरको हस्तकला मेला आयोजनाका लागि महासंघसँग सहकार्य गर्न आग्रह गर्नुभयो ।