• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   के हो ‘स्लीप डिभोर्स’, सम्बन्धमा राम्रो कि नराम्रो ? ★   वनमा डढेलो, बस्तीमा छिरे वन्यजन्तु ★   चालक दलका सदस्य एकाएक विरामी, एयर इन्डियाका ७० उडान रद्द ★   सुनकोशी–मरिण डाइभर्सन कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास ★   जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री यादबको गुनासो: सरकारले नै पार्टी फुटायो ★   बुबाको मार्गदर्शन अनुसार अघि बढ्छु: सांसद नेम्वाङ ★   नटआउट थिए, खुट्टाले दुई पटक बाउन्ड्री छोयो… सामसनको विकेटमा सिद्धुको बयान ★   अर्गानिक तरकारी खेतीमा रमाउँदै थारु महिला ★   चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल ★   रणवीर सिंहले दीपिकासँगको विवाहको तस्बिर हटाए

हस्तकलाको विकास र बिस्तार आवश्यकः पर्यटनमन्त्री श्रेष्ठ



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली हस्तकलाको विकास र बिस्तार गरी हस्तकला क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

शुक्रवार नेपाल हस्तकला महासंघले आयोजना गरेको १९ औं हस्तकला व्यापार मेलामा बोल्दै मन्त्री श्रेष्ठले हस्तकलाको क्षेत्रमा देखिएका समस्या समाधान गरी हस्तकलाको विकास र बिस्तार गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो । उहाँले नेपाली बेरोजगार युवाहरुलाई हस्तकलाको सीप सिकाएर नेपालमा नै व्यवसाय गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले युवाहरुलाई नेपालमा नै हस्तकलाको व्यवसाय गर्ने वातावरण बनाउँदा रोगजारी मात्रै नभएर अर्बौं रुपैयाँको विदेशी मुद्रा नेपालमा भित्र्याउन सकिने बताउनु भयो । मन्त्री श्रेष्ठले हस्तकलाका सामग्री विदेशमा निर्यात हुँदा मुलुकको व्यापार घाटा न्युनिकरण गर्नको लागि हस्तकला क्षेत्रले ठूलो योगदान गरिरहेको बताउनु भयो । उहाँले ग्रामिण क्षेत्रका युवालाई हस्तकला सीप सिकाएर हस्तकलाका वस्तु उत्पादनमा वृद्धि गर्नेतिर ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपालबाट निर्यात हुने विभिन्न वस्तु मध्ये ठूलो माग हस्तकला क्षेत्रले ओगटेको छ । विश्वमा नेपाली हस्तकला लोकप्रिय रहेका छन् । मुलुकको व्यापार घाटा न्युनिकरण गर्नको लागि हस्तकला क्षेत्रले ठूलो योगदान गरको छ । गत आर्थिक वर्षमा १२ अर्ब बराबरको हस्तकलाका वस्तुहरु निर्यात भएको छ । नेपाली हस्तकलाको माग विश्वका धेरै मुलुकमा रहेको छन् । युवाहरुलाई हस्तकलाको सीप सिकाएर मुलुकभित्र नै व्यवसाय गर्न प्रोत्साहन गर्ने हो भने युवाले रोजगारी मात्रै नभएर देशमा अर्बौं रुपैयाँ बराबरको विदशी मुद्रा भित्र्याउन सक्छ । ग्रामिण क्षेत्रका युवालाई हस्तकला सीप सिकाएर हस्तकलाका वस्तु उत्पादनमा वृद्धि गर्नेतिर ध्यान दिनुपर्छ ।

विभिन्न जातजाति विशेषका हस्तकलाहरुको सीप प्रवद्र्धन गर्न जरुरी छ । हस्तकलाको विकास र बिस्तार गर्न तथा हस्तकला क्षेत्रका समस्या समाधान गर्नको लागि काम गर्ने प्रतिवद्धता जनाउन चाहन्छु । नेपाली हस्तकला सम्बन्धि व्यापार मेला क्यालेण्डरमा राखेर नेपालमा अन्तराष्ट्रिय स्तरको मेला आयोजना गर्नसक्ने हो भने पर्यटनलाई समेत प्रवद्र्धन गर्नसक्छ । त्यसको लागि नेपाल पर्यटन बोर्डले वार्षिक रुपमा अन्तर्राष्ट्रिय स्तरको हस्तकला मेला आयोजनाका लागि सहकार्य गर्न आग्रह गर्दछु ।’

मन्त्री श्रेष्ठले नेपाली क्यालेण्डरमा राखेर वर्षमा एक पटक अन्तराष्ट्रिय स्तरको हस्तकला सम्बन्धि व्यापार मेला आयोजना गर्नसके पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनु भयो । उहाँले नेपाल पर्यटन बोर्डलाई वार्षिक रुपमा अन्तर्राष्ट्रिय स्तरको हस्तकला मेला आयोजनाका लागि महासंघसँग सहकार्य गर्न आग्रह गर्नुभयो ।