१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरक्षित वन्यजन्तु चितुवाको छाला जस्तो आखेटोपहार सहित पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । टोखा नगरपालिका-८ ग्रीनल्याण्ड एरियाबाट संरक्षित वन्यजन्तु चितुवाको छाला जस्तो आखेटोपहार १ थान सहित उदयपुर ताप्ली गाउँपालिका–२ बस्ने ५० वर्षीय मदन बहादुर श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्युरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई उक्त आखेटोपहार सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाइएको छ ।