१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अजय देवगनको करिअरकै तेस्रो सफल फिल्म बन्यो ‘दृश्यम २’



अ+ अ-

एजेन्सी । ‘दृश्यम २’ रिलिज भएको २२ दिन बितिसकेको छ । यद्यपि, फिल्मको कमाई भने अझै रोकिएको छैन । फिल्मले हालसम्म १९६ करोड कमाएको छ र अब २०० करोड क्लबमा सामेल हुने तयारीमा छ ।

योसँगै ‘दृश्यम २’ अजय देवगनको तेस्रो सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ ।

दृश्यम २ को अगाडि ‘तानाजी’ र ‘गोलमाल अगेन’ रहेको छ । यदि दृश्यम २ ले यस्तै कमाइ गरिरह्यो भने, यसले छिट्टै गोलमाल अगेनको लाइफटाइम कलेक्शनलाई पार गर्नेछ ।

नयाँ फिल्म रिलिज भए पनि दृश्यम २ को कमाईमा खासै फरक परेको छैन । फिल्मको सङ्कलन २०० करोडको आँकडा छुन केही कदम मात्र टाढा छ । दृष्यम २ अजय देवगनको करियरको तेस्रो सबैभन्दा धेरै कमाउने फिल्म हो ।

यसअघि २०२० मा फिल्म ‘ताना जीः द अनसंग वारियर’ले २७९.५५ करोडको लाइफटाइम कलेक्सन गरेको थियो । यसपछि २०१७ मा आएको उनको फिल्म गोलमाल अगेनले २०५.६९ करोड कलेक्सन गरेको थियो ।

दृश्यम २ को बजेट करिब ६० करोड थियो । फिल्मले तेस्रो दिनमै ६४ करोड कलेक्सन गरेको थियो ।

अभिषेक पाठकले निर्देशन गरेको यस फिल्ममा अजय देवगन, तब्बु, श्रेया सरन, अक्षय खन्ना र इशिता दत्त मुख्य भूमिकामा छन् ।