२ आश्विन २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो माथिल्लो त्रिशूली–१ को सुरुङमा खोजी जारी, मानव अङ्ग तथा शव निकालिँदै सुनचाँदीको मूल्य बढ्यो आज मन्त्रिपरिषद् बैठक बस्दै विद्युतीय स्कुटर ‘यात्री ए२’ को सुरुवाती मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै,आवेदन आह्वान धादिङ र नुवाकोटमा पूर्ण रूपमा विद्युत सेवा सुचारू, रसुवाका ९० प्रतिशत क्षेत्रमा बिजुली बल्यो बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०७९ सालको भैरव पुरस्कार एक संस्था र दुई व्यक्तिलाई



अ+ अ-

काठमाडौ । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले शुक्रवार सार्वजनिक गरेको छ ।

भैरव पुरस्कार गुठीको बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो । जसअनुसार २०७९ सालको भैरव पुरस्कार वासुदेव विद्यादेव लुइँटेल गुठीलाई प्रदान गरिने भएको छ ।

यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ । १ लाख १ हजार १ सय ११ रुपैया राशीको भैरव वाङ्मय पुरस्कार साहित्यकार विश्वम्भर चञ्चललाई प्रदान गरिने गुठीले जनाएको छ ।

त्यस्तै ५१ हजार १ सय ११ रुपैया राशीको भैरव प्रतिभा पुरस्कार कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिने भएको छ । पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न गुठीले साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ को संयोजकत्वमा साहित्यकार प्रल्हाद पोख्रेल र व्यङ्ग्यकार नरनाथ लुईटेल सदस्य रहनु भएको समिति बनाएको थियो ।

आउँदो पुष ९ गते शनिवार राजधानीको गोकर्णेश्वर—५ स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम गरी घोषित पुरस्कारहरू वितरण गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिनुभयो ।