७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो स्वामित्वको सम्पती निर्विवाद उपभोग गर्ने व्यवस्था मिलाउन स्काउटको माग



अ+ अ-

काठमाडौँ । नेपाल स्काउटले आफ्नो स्वामित्वमा रहेको सम्पतीको निर्विवाद उपभोग गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

स्काउटले शुक्रवार पत्रकार सम्मेलन गरी आफ्नो स्वामित्वमा रहेको लैनचौरको जग्गा निर्विवाद उपभोग गर्ने वातावरण बनाइदिनका लागि सरकारसँग माग गरेको हो ।

स्काउटको नाममा लैनचौरमा रहेको ३ रोपनी जग्गा स्काउटले २०६५ सालमा खड्काल्याण्ड डेभलपमेन्ट प्रा.लि।सँग १० वर्षका लागि करार सम्झौता गरी उपलब्ध गराएकोमा समय सकिएपछि पनि खाली नगराएकोले सो जग्गा खालि गर्नुपर्ने बताइएको छ । स्काउटले उच्च अदालत पाटनमा मुद्दा हालेपछि खड्काल्याण्ड डेभलपमेन्ट प्रा.लि.ले भोगचलन गर्दै आएको ३ रोपनी जग्गा र जबरजस्ती कब्जा गरेको करिब ७ रोपनी पार्किङ क्षेत्रमा खड्काल्याण्ड डेभलपमेण्ट प्रा.लि.को कुनै हक दाबी नहुने फैसला आएको भएपनि हालसम्म सो जग्गा स्काउटको नियन्त्रणमा नआएको जनाइएको छ ।

नेपाल स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीले आफूहरुले पटक–पटक सो जग्गा खाली गर्न भनेपनि अटेर गरिएको बताउनु भयो । अदालतबाट मुद्दा जितेर आउँदा पनि जग्गा फिर्ता नगरी उल्टै आफूहरुमाथि पटक–पटक धाकधम्की दिइएको र कार्यालय समेत तोडफोड गरिएको उहाँले बताउनु भयो ।

स्काउटले भाडाबापत पाउनुपर्ने १ करोड ९५ लाख १९ हजार १६६ रुपैयाँ पनि लिन बाँकी रहेको उल्लेख गर्नुभयो । उहाँले बिहीवार नेपाल स्काउट केन्द्रिय कार्यालयको सुरक्षाको लागि बन्द गरिएको गेट प्रहरी प्रशासनको बलमा जबरजस्ती खोलेर तोडफोड भएको बताउनु भयो ।

खड्काल्याण्ड डेभलपमेण्ट प्रा।लि।ले प्रहरी प्रशासनको समेत दुरुपयोग गर्दै नेपाल स्काउट माथि पटक–पटक आक्रमण गरिरहेको अध्यक्ष भण्डारीको भनाई छ । उहाँले स्काउटको सम्पती कब्जा गर्न खोजिएको भन्दै आफूहरुले कुनैपनि हालतमा त्यस्तो हुन नदिने बताउनु भयो ।

उहाँले स्काउटमाथि ज्यादती हुँदा र अदातलको समेत अवहेलना हुँदापनि राज्य गम्भिर नभएको आरोप लगाउनु भयो । उहाँले स्काउटको सम्पती फिर्ता गराउन सरकारसँग माग गर्नुभयो ।