३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विश्वविद्यालय को ४८औँ दीक्षान्त समारोह -फोटो फिचर



अ+ अ-

काठमाडौं । ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४८औँ दीक्षान्त समारोह सम्पन्न भएको छ ।

समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनुभएको छ । दीक्षान्त समारोहमा १० हजार तीन सय ९२ विद्यार्थी दीक्षित भएका छन् । २०७८ असार १ गतेदेखि २०७९ जेठ मसान्तभित्रसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीले दीक्षान्त समारोहमा भाग लिएका थिए ।

उक्त समयावधिमा ७० हजार विद्यार्थीले ट्रान्सक्रिप्ट लिए पनि सहभागीका लागि १० हजार तीन सय ९२ जनाले मात्र आवेदन दिएका थिए ।

समारोहमा छात्रले आफूखुसी पोसाकमा कोट, पाइन्ट, टाई र भादगाउँले टोपीसहित त्रिविले उपलब्ध गराएको गाउन÷स्कार्फ टोपी तथा छात्राले औपचारिक पोसाक वा साडी, ब्लाउज र त्रिविले उपलब्ध गराएको गाउन÷स्कार्फ टोपी लगाएका थिए ।

त्रिविले हरेक वर्ष दीक्षान्त समारोह गर्दै आइरहेको छ । तस्बिर: रोशन सापकोटा-रासस