६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेसार प्रशोधन केन्द्रका लागि जापानको सहयोग



DSC_1221
अ+ अ-

काठमाडौं । प्युठानमा नयाँ बेसार प्रशोधन केन्द्र निर्माण र कृषि उपकरणको व्यवस्था गर्न नेपालस्थित जापानी राजदूत किकुता युताका र स्वयंसेवी नेपाल राष्ट्रिय समूहका अध्यक्ष शिव रिमालबीच एक अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।

जापान सरकारको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट्स (जीजीपी) को अनुदान सहयोगअन्तर्गत यो आयोजनामा ​​एक करोड रुपैयाँ अनुदान रहेको नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।

परियोजनाले बेसारको उत्पादन, प्रशोधन र व्यावसायीकरणका लागि कृषि उपकरण र प्रशोधन केन्द्रको व्यवस्था गर्न सहयोग गर्नेछ। अहिले स्वदेशमा उत्पादन हुने भन्दा बढी बेसार आयात हुने गरेको छ ।

बेसारको व्यावसायीकरण गर्न घरेलु केन्द्र नहुँदा स्थानीय बेसार किसानले खासै नाफा कमाउन सकेका छैनन् । यो अवस्था सुधार गर्न र कृषकहरूको आयआर्जनका लागि यो परियोजनाले सहयोग गर्ने बताइएको छ ।

यस परियोजनाले बेसार उत्पादनको वातावरणमा सुधार र प्यूठान जिल्लाका स्थानीय किसानको जीविकोपार्जनमा सुधार ल्याउने जापानी दूतावासको विश्वास छ ।

साथै दूतावासले कृषि सहयोगले जापान र नेपालका जनताबीचको मित्रतालाई वर्तमान र भावी पुस्ताका लागि अझ प्रगाढ बनाउने आशा गरेको छ ।