२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेसार प्रशोधन केन्द्रका लागि जापानको सहयोग



DSC_1221
अ+ अ-

काठमाडौं । प्युठानमा नयाँ बेसार प्रशोधन केन्द्र निर्माण र कृषि उपकरणको व्यवस्था गर्न नेपालस्थित जापानी राजदूत किकुता युताका र स्वयंसेवी नेपाल राष्ट्रिय समूहका अध्यक्ष शिव रिमालबीच एक अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।

जापान सरकारको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट्स (जीजीपी) को अनुदान सहयोगअन्तर्गत यो आयोजनामा ​​एक करोड रुपैयाँ अनुदान रहेको नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।

परियोजनाले बेसारको उत्पादन, प्रशोधन र व्यावसायीकरणका लागि कृषि उपकरण र प्रशोधन केन्द्रको व्यवस्था गर्न सहयोग गर्नेछ। अहिले स्वदेशमा उत्पादन हुने भन्दा बढी बेसार आयात हुने गरेको छ ।

बेसारको व्यावसायीकरण गर्न घरेलु केन्द्र नहुँदा स्थानीय बेसार किसानले खासै नाफा कमाउन सकेका छैनन् । यो अवस्था सुधार गर्न र कृषकहरूको आयआर्जनका लागि यो परियोजनाले सहयोग गर्ने बताइएको छ ।

यस परियोजनाले बेसार उत्पादनको वातावरणमा सुधार र प्यूठान जिल्लाका स्थानीय किसानको जीविकोपार्जनमा सुधार ल्याउने जापानी दूतावासको विश्वास छ ।

साथै दूतावासले कृषि सहयोगले जापान र नेपालका जनताबीचको मित्रतालाई वर्तमान र भावी पुस्ताका लागि अझ प्रगाढ बनाउने आशा गरेको छ ।