१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मतिना पारु’ नेवार समुदायको ‘प्रेम दिवस’मा बालेनको सन्देश



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले आज नेवार समुदायको प्रेम दिवसका अवसरमा फेसबुकमा आफ्नी श्रीमतीसहितको फोटो पोस्ट गरेर प्रेम दिवस मनाएका छन् ।

नेपाल भाषामा ‘मतिना पारु’ भनिने प्रेम दिवसका अवसरमा उनले यसको महत्त्व र विशेषतामाथि प्रकाश पारेका छन् । उनले यस पर्वको विशेषता भनेको युवायुवतीहरुबीच प्रेम प्रस्फुटन हुनु हो भनेका छन् । उनका अनुसार मध्ययुगमा युवायुवतीबीच निकटता हुन कठिन हुने हुँदा यस किसिमका पर्वहरुले युवायुवतीबीच आकर्षण पैदा गर्थ्यो ।

नेवार समुदायले हिजो यःमरी पून्हि ९योमरी पूर्णिमा० मनाएका थिए । त्यसको भोलिपल्ट अर्थात आजको दिनलाई मतिना पारु भनिन्छ । मतिनाको अर्थ प्रेम र पारुको अर्थ पूर्णिमाको भोलिपल्ट हो ।

फेसबुकमा बालेनले मतिना पारुबारे यसरी पोस्ट गरेका छन् :

आज नेवाःहरुको प्रेम दिवसः मतिना पारु।

नेवाः समुदायमा यःमरी पून्ही को आफ्नै विशेषता र महत्व छ। यो पर्वको अर्को विशेषता भनेको युवायुवतीहरुबीच प्रेम प्रस्फुटन हुनु पनि हो। मध्ययुग मा युवायुवतीबीच निकटता हुन कठिन हुने हुँदा, यस किसिमका पर्वहरुले युवायुवतीबीच आकर्षण पैदा गर्थ्यो।

कतै अचानक देखिएकी वा साथीभाइको निकट सम्बन्ध भएकी युवतीप्रति एकोहोरो चाहना जन्मिएपछि प्रेमको अङ्कुरण, यःमरी पून्हीको साँझ मनाइने त्यः छिं त्यः फ्वनेगु ज्याझ्यः अर्थात घर घर यःमरी माग्न जाने उत्सवमा हुने गर्दथ्यो । साथीभाइको साथ युवतीको घर जाने र गीत गाएर जिस्काउने गरिन्थ्यो ।
युवतीको मनमा पनि प्रेमिल भावको अङ्कुरण भएमा मन्दिर जाने बहानामा भोलिपल्ट भेट गर्दथे । त्यसैले यःमरी पून्हीको भोलिपल्टको दिनलाई ‘मतिना पारु भनिन्थ्यो । मतिनाको अर्थ प्रेम हो भने पारु पूर्णिमाको भोलिपल्टको दिन हो । तसर्थ यस दिनलाई प्रेम दिवसको रुपमा लिइन्थ्यो ।