४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोहोरी गायक छत्र शाही र काजल जोशी विवाहबन्धनमा



अ+ अ-

काठमाडौँ । चर्चित लोक तथा दोहोरी गायक छत्र बहादुर शाही र गायिका काजल जोशी विवाह बन्धनमा बाँधिएका छन् । शाही र जोशीको आज काठमाडौँको गुर्हेश्वरी मन्दिरमा धार्मिक विधिविधान अनुरुप विवाह भएको हो ।

कैलालीकी काजल र जुम्लाका शाहीको सामाजिक विवाह २०७८ सालमा नै भएको थियो । तर विभिन्न कारणले रोकिएको सिन्दुर हाल्ने काम भने आज धार्मिक विधिविधान अनुरुप भएको हो ।

शाही र काजल  लोकदोहोरी कार्यक्रम इन्द्रेणीका चर्चित कलाकार हुन् । उनीहरुको भेट दुई वर्ष पहिला इन्द्रेणीमा  भएको थियो ।