• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

क्वाटरफाइनलका खेलहरु आजबाट, ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्यान्ड्स भिड्दै



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ ।

आज शुक्रबार दुई क्वाटरफाइनल खेलहरु हुनेछन् । पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसिया आमनेसामने हुँदैछन् ।

ब्राजिल र क्रोएसियाबीचको खेल एजुकेसन सिटी स्टेडियममा राति ८ः४५ बजे सुरु हुनेछ । दुबै टोलीको प्रमुख लक्ष्य जित निकाल्दै सेमिफाइनल पुग्ने रहेको छ ।

ब्राजिलले प्रि–क्वाटरफाइनलमा दक्षिण कोरियालाई हराएको थियो भने साविक उपविजेता क्रोएसियाले जापानलाई हराएको थियो ।

यसैगरी आजै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन् ।

अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल लुसेल स्टेडियममा राति १२ः४५ बजे सुरु हुनेछ । अर्जेन्टिनाले प्रि–क्वाटरफाइनलमा अष्ट्रेलियालाई हराएको थियो भने नेदरल्यान्ड्सले अमेरिकालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।