४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट

तत्काल पिपिए खुला नगरे निजी क्षेत्र बिस्थापित हुनसक्छः वरिष्ठ उपाध्यक्ष ढकाल

तत्काल पिपिए खुला नगरे निजी क्षेत्र बिस्थापित हुनसक्छः वरिष्ठ उपाध्यक्ष ढकाल
अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले तत्काल पिपिए खुला नगरे निजी क्षेत्र बिस्थापित हुने अवस्था आउनसक्ने बताउनुभएको छ ।

बिहीवार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले १५ सय मेगावट सम्मको जलविद्युत आयोजनालाई पिपिए दिने निर्णय गरेर पनि कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले निजी क्षेत्रले जलविद्युतमा धेरै ठूलो लगानी गरेको बताउनु भयो ।

उहाँले विद्युतीय पूर्वाधार विकास नहुँदा विद्युत प्रशारण र वितरणका लागि उत्पादित विद्युत प्राधिकरणले लिन नसकेको बताउनु भयो । ढकालले जलविद्युतमा निजी क्षेत्रबाट भएको लगानी पिपिए गर्न ढिला भए खर्बांैको लगानी अलपत्र पर्ने बताउनु भयो । उहाँले जलविद्युतको अर्बौंको लगानी गर्ने निजी क्षेत्र बिस्थापित हुँदा पुनः देशमा १८ घण्टाको लोडसेडिङ हुनसक्ने दाबी गर्नुभयो । वरिष्ठ उपाध्यक्ष ढकालले बजारमा बैंकिङ तरलता,ब्याजदर लगायतका समस्याले मुलुकको अर्थतन्त्रमा थप संकटमा जानसक्ने बताउनु भयो । उहाँले अहिले देखिएको समस्या निजी क्षेत्रको मात्रै नभइ समग्र मुलुकको नै समस्या भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, अर्बौं लगानी गरेर निजी क्षेत्रले विद्युत उत्पादन गरेको अवस्था छ । त्यसरी उत्पादन गर्ने व्यवसायीहरुको धेरै गुनासो रहेको छ । विद्युत प्रशारण र वितरणको लागि पूर्वाधार विकास नहुँदा उत्पादित विद्युत प्राधिकरण लिन सकेको छैन । अर्बौ रुपैयाँ लगानी गरेका पिपिए हुने अवस्था रहेका आयोजनाहरुको पिपिए भएको छैन । मन्त्रीपरिषद्ले १५ सय मेगावटको पिपिए गर्ने निर्णय भएपनि कार्यान्वयन भएको छैन । निजी क्षेत्रले जलविद्युतमा धेरै ठूलो लगानी गरेको छ । जसरी जलविद्युतमा भएको लगानी रहेको छ यति पिपिए गर्न ढिला ग=यो भने निजी क्षेत्रले लगानी गरेको खर्बौं रुपैयाँ अलपत्र पर्ने अवस्था छ । यस्ता आयोजनाहरु अगाडि बढाउन अनुमति दिइएन भने निजी क्षेत्र निरुत्साहित हुनेछ । समग्र निजी क्षेत्र निरुत्साहित हुनु भनेको विगतमा भएको १८ घण्टाको लोडसेडिङ हुनसक्ने अवस्था आउनसक्छ । त्यसले गर्दा तत्काले पिपिए खोल्नु आवश्यक रहेको छ । अहिले अर्थतन्त्रमा देखिएका बैंकिङ तरलता,ब्याजदर लगायतका समस्याले संकटमा जान्छ की भन्ने आशंका रहेको छ । त्यसलाई प्राथमिकता दिएर आउने सरकारले समाधान गर्ने अपेक्षा छ । अहिले देखिएको समस्या निजी क्षेत्रको मात्रै नभएर समग्र मुलुकको नै समस्या हो ।’

त्यस्तै,नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारले सरकारले पछिल्लो समय व्यवसायीहरुका समस्या समाधान गर्न ढिला गरेको बताउनु भयो । निजी क्षेत्रको आत्मबल कमजोर भए अर्थतन्त्र माथि उठ्न नसक्ने दाबी गर्नुभयो । उहाँले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन वर्तमान अवस्थामा देखिएका समस्या समाधान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अर्थतत्र सुदृढ बनाउनका लागि राज्यस्तरबाट भएका प्रयासहरु अपर्याप्त रहेको बताउनु भयो ।

उहाँले सरकारलाई उद्योगी व्यवसायीहरुले उद्योग क्षेत्रका समस्या समाधानको माग गरेको वर्ष दिन बितिसकेको बताउनु भयो । उहाँले व्यवसायीहरुका समस्या समाधान नभई व्यवसायमा फर्कनसक्ने अवस्था नभएको पनि बताउनु भयो ।