२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिम सेती र पञ्चेश्वर निर्माणपछि समृद्धि आउने छः प्रधानमन्त्री



file
अ+ अ-

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती र पञ्चेश्वरजस्ता विकासका योजनाको निर्माण पूरा भएपछि विकास र समृद्धि आउने बताउनुभएको छ ।

आज धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले पश्चिम सेती जलविद्युुत् परियोजना निर्माण गर्ने भारतीय कम्पनीले अनुमतिपत्र लिइसकेकाले छिट्टै आयोजनाको निर्माण पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पश्चिम सेती, चमेलिया जलविद्युत् परियोजना, रानी जमरा कुलरिया, महाकाली सिँचाइ आयोजना र पञ्चेश्वरजस्ता योजनाको निर्माणलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

पर्यटन तथा कृषिको विकासमार्फत आर्थिक समृद्धि गर्न सकिनेमा जोड दिनुहुँदै उहाँले विकासका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो । कोरोना महामारीले थला परेको उद्योग व्यवसायलाई माथि उठाउन सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको कृषि तथा पर्यटन विकासका लागि महोत्सवले टेवा पु¥याउने बताउनुभयो । यस क्षेत्रलाई आर्थिक केन्द्रकारुपमा विकास गर्नु आजको आवश्यकता रहेको उहाँको भनाइ छ । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले प्रदेशको विकासका लागि महोत्सवले टेवा पु¥याउने बताउनुभयो ।

श्रम तथा रोजगार तथा समाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले उद्योग व्यवसायलाई सशक्त र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्या समाधान गर्न सरकार गम्भीर भएर लागेको दाबी गर्नुभयो । देशमा पुँजी परिचालन अपेक्षाअनुसार हुन नसक्दा समस्या भइरहेको उहाँको भनाइ थियो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा लगानी भित्र्याउनका लागि लगानीकर्तालाई जग्गाको उपलब्धता, लगानीको सुनिश्चितता र सुरक्षाको प्रत्याभूति आवश्यक रहेको बताउनुभयो ।

समारोहमा कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेस गर्नुभयो । उक्त अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई प्रधानमन्त्री देउवाले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि भन्ने नारासहित सुरु भएको महोत्सव पुस २ सम्म सञ्चालन हुनेछ । महोत्सवमा झण्डै चार सय व्यापारिक कक्ष राखिएको छ । सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कला संस्कृति र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना हुँदै आएको छ । महोत्सव कोरोना महामारीका कारण भने विगतमा दुई वर्ष हुन सकेको थिएन । रासस