१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वउपप्रधानमन्त्रीहरू कतिले जिते, कति पराजित भए



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा १२ पूर्वउपप्रधानमन्त्री उम्मेदवार रहेकामा छ जना निर्वाचित भएभने छ जना पराजित भएका छन् ।

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्वउपप्रधानमन्त्रीहरू नेपाली कांग्रेसका रामचन्द्र पौडेल (तनहुँ) र प्रकाशमान सिंह 9काठमाडौँ), नेकपा (एमाले)का विष्णुप्रसाद पौडेल (रुपन्देही), रघुवीर महासेठ (धनुषा) र टोपबहादुर रायमाझी (अर्घाखाँची) तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी (बाग्लुङ)बाट निर्वाचित हुनुभयो ।

पूर्वउपप्रधानमन्त्रीहरू कांग्रेसका कृष्णप्रसाद सिटौला (झापा), सुजाता कोइराला (मोरङ) र विजयकुमार गच्छदार (सुनसरी)बाट पराजित हुनभयो । एमालेका नेता ईश्वर पोखरेल (काठमाडौँ) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा (मकवानपुर)बाट पराजित हुनुभयो । यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव (सप्तरी) र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो (सर्लाही)बाट पराजित हुनुभयो ।

यसैगरी पूर्वउपप्रधानमन्त्रीहरू कांग्रेसका विमलेन्द्र निधि समानुपातिक सूचीमा हुनुहुन्छ भने माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वामदेव गौतम हाल राष्ट्रियसभा सदस्य हुनुहुन्छ । एमाले नेता डा भीमबहादुर रावल, माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा र नेकपा (माले)का महासचिव चन्द्रप्रकाश (सिपी) मैनाली यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उम्मेदवार रहनुभएको थिएन । रासस