२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा स्कटल्याण्डलाई १२० रनको लक्ष्य



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग टूको त्रिदेशीय सिरिजमा नेपालले स्कटल्याण्डलाई जितका लागि १ सय २० रनको लक्ष्य दिएको छ ।

नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ३५ ओभर ३ बलमा अलआउट हुँदै १ सय १९ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेल सर्वाधिक ४७ रन बनाए । सोमपाल कामीले १६ रन जोडे भने दीपेन्द्रसिंह ऐरीले १४ रन थपे। यसै ललित नारायण राजवंशीले ११ रन बनाउदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

स्कटल्याण्डका तर्फबाट मार्क वाट,ब्राण्डन म्याकमुलेन र सफियान सरिफले २र२ विकेट लिए । त्यस्तै, क्रिस्टोफर म्याकब्रिड,क्रिस सोल र क्रिस ग्रेभिसले १र१ विकेट लिए ।

यस सिरिजमा नेपाल, नामिबीया र स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र स्कटल्याण्डले एकआपसमा हालसम्म तीन एकदिवसीय अन्तराष्ट्रिय खेलेको छ । जसमा स्कटल्याण्डले दुई पटक जितेको छ भने नेपाल एक खेलमा विजेता बनेको छ ।

२३ खेलमा १८ अंक जोडेको नेपाल लिग टू को अंक तालिकाको छैटौं स्थानमा रहेको छ भने ३१ खेलमा ४४ अंक जोडेको स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ ।