८ भाद्र २०८३, सोमबार
,
Latest
बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलै छ कोरोनाले बनाएको घाउ



अ+ अ-

लुम्बिनी । सीमा सिल थियो, आवागमन कहिले खुल्ने ? थाहा थिएन । जीविकाको एकमात्र स्रोत डुङ्गा पनि बन्द भएपछि खेदू मल्लाहलाई दुई छाक टार्न धौधौ भएको थियो । खेती गर्ने जग्गा जमिन थिएन । पचपन्न वर्षीय मल्लाहको एउटै चिन्ता मात्र थियो, गुजारा चलाउने कसरी ?

स्थायी घर नभई नदी छेउमा टहरा बनाई बसेका पाँच नाबालिकाका बुवा सिरी डोमले पनि कतै श्रीमती गेनासँगै वैकल्पिक रोजगारी पनि पाउनु भएन । भोकभोकै हुनुपरे पनि लालाबालाको पेट पाल्न मागेर गुजारा चलाउन खोजे पनि महामारीको बेला माग्न जाँदा कोरोनाको डरले लालाबाला भोकभोकै हुनुपरेको थियो ।

जिल्लाको पहिलो कोरोना सङ्क्रमित कृष्ण पासी कोरोनालाई जित्न सफल हुनुभयो तर बिहान–बेलुका छाक टार्न गाह्रो थियो । भारतको दिल्लीमा गार्मेन्ट कम्पनीमा १० वर्षदेखि गर्दै आएको सिलाइकटाइको काम छाडेर आउनुपर्दा बेखर्ची हुनुपरेको थियो । बिरामी आमाको उपचारको भार उहाँमाथि थियो ।

खेदू मल्लाह, सिरी डोम र कृष्णा पासी त विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को प्रत्यक्ष मार खेप्नुभएका केही प्रतनिधि पात्र हुन् । खासगरी दिनभरि काम गरेर साँझ–बिहान हातमुख जोर्नुपर्ने अवस्थाका न्यून आयस्तरका मानिसलाई निकै समस्या थियो । धेरैको रोजगारी गुमेको थियो भने उद्योगी व्यवसायी पनि नराम्ररी प्रभावित बनेका थिए । मर्चवारी गाउँपालिकाबाट वैदेशिक रोजगारीमा गएका झण्डै एक हजार सात सय युवा घर फर्किएका थिए भने सम्मरीमाई गाउँपालिकामा आठ सय २५ जना पनि रोजगारी गुमेपछि गाउँ फर्किएका थिए ।

खेदूको जीविकाको एकमात्र स्रोतको रूपमा रहेको नदीमा मान्छे ओसार्ने अर्थात् डुङ्गा व्यापार पनि बन्द भएपछि दुई नाति–नातिना र छोरा–छोरीसमेतलाई पढाउने र पेट पाल्ने चिन्ताले पिरोल्न थाल्यो । कोरोना महामारी कम भएपछि पनि उहाँको व्यवसाय चल्न सकेको छैन । उहाँको डुङ्गा अहिले सोही ठाउँमा प्रयोगविहीन भई जीर्ण अवस्थामा छ ।

सिरी डोमको पीडा पनि उस्तै छ । नदी छेउमा रहेको टहरामुनि दुई छोरी र तीन छोरासहित बस्दै आउनुभएका उहाँ वैकल्पिक रोजगारको खोजीमा हुनुहुन्छ । स्मशानघाटमा शवदाह गर्ने पेशा नै उहाँको जीविकाको मुख्य स्रोत पनि कोरोनाकालमा प्रभावित बन्यो । परासी जिल्लाको खैरनी घाटमा जन्मनुभएका ४५ वर्षीय उहाँको नागरिकता नहुँदा सरकारबाट पाउने सेवा सुविधाबाट पनि बञ्चित हुनुपरेको छ । नागरिकताको अभावमा उहाँ छोराछोरीको जन्मदर्ता हुनसकेको छैन ।

रुपन्देहीका पहिलो कोरोना सङ्क्रमित कृष्णा पासीको पीडा पनि कम छैन । रोजगारी गुमाउँदाको पीडा, आफैँलाई कोरोनाको सङ्क्रमण, बिरामी आमाको उपचार र बिहान–बेलुका दुई छाक टार्ने जोरजामको अभिभारा पनि उहाँमाथि थियो । भारतको दिल्लीस्थित एक गार्मेन्ट कम्पनीमा काम गर्दै आउनुभएका उहाँ अहिले बेरोजगार हुनुहुन्छ ।

अर्घाखाँचीको शीतगङगा नगरपालिका–५ जकेनाका ४५ वर्षीय देवबहादुर विकले क्वारेन्टिनमै आत्महत्या गर्नुभयो । अतिविपन्न परिवारका विक पारिवारिक तनाव र ऋणको बोझमा रहनुभएका उहाँले आरडिटी पोजेटिभ देखिएपछि विसं २०७७ असारमा आत्महत्या गर्नुभएको थियो । युनिभर्सल मेडिकल कलेज भैरहवाका एशोसिएट प्रोफेसर डा नगेन्द्र चौधरी भन्नुहुन्छ, “कोरोना महामारीका कारण रोजगारी गुम्ने र अवसर पनि नपाउँदा धेरै व्यक्तिमा मानसिक समस्या देखिएको छ । कोरोनाले स्वास्थ्य समस्यासँगै आर्थिक र सामाजिक अवस्थामा पारेको असर लामो समयसम्म रहन सक्छ ।” रासस




भर्खरै