६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

भैँसीपालनमा भविष्य खोज्दै पाल्पाली युवा

भैँसीपालनमा भविष्य खोज्दै पाल्पाली युवा
फाईल फोटो
अ+ अ-

रामपुर । विदेश गए धेरै दिन बसिन, किन बेच्नी रगत र पसिना, चिन्ता छैन केही, मलाई कतार पनि यहीँ, दुबई पनि यहीँ, मलाई मलेसिया यहीँ ।’ गायक पशुपति शर्माले गाएको यो गीत रामपुरका युवा बलबहादुर रानाको जीवनसँग मेल खाएको छ । दाम र कामको खोजीमा उहाँ चार वर्ष दुबईमा बिताउनुभयो । वैदेशिक रोजगारी चित्तबुझ्दो नभएकाले घर फर्केपछि उहाँले अहिले भैँसीपालनलाई आफ्नो आम्दानीको मुख्य पेशा बनाउनुभएको छ । उहाँले तराईबाट उन्नत जातका भैँसी ल्याएर पाल्नुभएको छ र सात वर्षदेखि यसैमा व्यस्त हुनुभएको हो ।

“भैँसीपालनले हातमा दाम मात्र नभई समाजमा राम्रो पहिचान बनेको छ, चार वर्ष विदेशमा बगाएको पसिना अहिले सम्झाउँदा पश्चाताप लागिरहेछ, बिहान उठ्यो भैँसी दुहेर बजार लग्यो यसरी नै परिवारका साथ रमाइलो गरी जीवन बिताइरहेको छु”, उहाँले भन्नुभयो ।

बजारमा भैँसीको दूधको माग बढ्दो र मूल्य राम्रै पाइने भएकाले यही व्यवसाय रोज्नुभएका उहाँको फार्ममा छ भैँसी र तीन गाई छन् । वार्षिक दूध बिक्रीबाट खर्च कटाएर रु दुई लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ । भैँसीको प्रतिलिटर रु ८७ र गाईको रु ६२ मा दूध बिक्री भइरहेको छ । 

विगत एक दशकदेखि भैँसीपालन गर्दै आउनुभएका अर्का सफल व्यवसायी कृष्णकुमार अर्यालले अहिलेसम्म पनि यसलाई निरन्तरता दिँदै आउनुभएको छ । पाँचवटा भैँसीबाट व्यवसाय गर्नुभएका अर्यालका हाल ११ वटा दुहुनासहित २२ भैँसी र पाँच गाई छन् । प्रत्येक दिन बिहान र साँझ गरी एकसय लिटर दूध बजारमा पुर्‍याउनुहुने उहाँ भन्नुहुन्छ, “भैँसी पाल्न थालेको एक दशक भएछ, कसरी ती दिन बिते पत्तै भएन, घरमै बसेर रेखदेख र घाँसपात गर्दा र बजारमा दूध पुर्‍याउँदैमा आनन्द लाग्दछ, कुनै दिन पनि हातमा दाम खाली भएन ।”  

दूध बिक्रीबाट खर्च कटाएर वार्षिक कम्तीमा रु तीन लाख आम्दानी उहाँ गर्नुहुन्छ । भैँसीपालन थालनी गरेदेखि उहाँलाई गाउँलेहरु भैँसी कृष्णका नामले चिन्दछन् । उहाँ ‘दूध पिऔँ र स्वस्थ  बनौँ’ भन्ने अभियानमा हुनुहुन्छ ।

नागिनी एग्रो एन्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक नरनारायण अर्यालले पाल्पा जिल्लामै सबैभन्दा ठूलो भैँसी व्यवसाय चलाउनुभएको छ । दुई वर्षअघि देखि भैँसी स्रोत केन्द्र नाम दिएर व्यवसाय शुरु गर्नुभएका उहाँसँग हाल ६५ भैँसी छन् र २२ दुईओटा दुहुना । 

अर्याल दैनिक २३५ लिटर दूध बजारमा खपत गर्नुहुन्छ । भैँसी खरीद र गोठ निर्माणमा करीब रु दुई करोड ७० लाख बराबरको लगानी परेको छ । एक सय माउ भैँसी पाल्ने लक्ष्य लिनुभएका उहाँले चार युवालाई रोजगार पनि दिनुभएको छ । 

भारतका विभिन्न स्थानमा पुगेर उन्नत जातका भैँसी खरीद गरी व्यवसाय चलाउनुभएका अर्यालले भैँसीका लागि रु एक लाख ३० हजारदेखि दुई लाख ५० हजारसम्म तिर्नुभएको छ । ठूला भैँसी भएकाले यहाँ अवलोकन गर्नेहरुको पनि दैनिक चहलपहल देखिन्छ ।

जिल्लामा भैँसीपालनलाई प्रोत्साहन गर्न सङ्घीय सरकारले एक वषअघि देखि नै रामपुर नगरपालिका–१० स्थित गेझामा कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्थानीय आधारशिला सामाजिक उद्यमी महिला सहकारीमार्फत ‘समुदायमा सञ्चालित समुदायको भैँसी स्रोत विकास केन्द्र’ का नाममा सङ्घीय सरकारको रु २५ लाख सहयोग र सहकारीको रु २५ लाख लागतमा कार्यक्रम सञ्चालन हुँदै आएको हो । 

सो रकमबाट घाँसको बीउबिजन वितरण, औषधि उपचारमा खर्च, तालीम, स्वास्थ्य शिविर, भैँसी खरीदमा ढुवानीखर्च कृषकलाई उपलब्ध गराइएको छ । भैँसीफार्म स्थापना गरेका कृषकलाई ढुवानीमा एक भैँसी बराबर रु तीन हजार उपलब्ध गराइएको सहकारीका अध्यक्ष सीता देवकोटा बताउनुहुन्छ ।

भैँसी स्रोत केन्द्र कार्यक्रममा सामावेश भएका कृषकले कार्यक्रम शुरु भएको तीन वर्षमा २० वटासम्म भैँसी पाल्नुुपर्ने हुन्छ । यहाँ भैँसीफार्म नै सञ्चालन गर्ने चार कृषक छन् । विसं २०६९ मा स्थापना भएको यस सहकारीमा हाल ५०० शेयर सदस्य छन् । सहकारीले व्यावसायिक पशुपालन गर्ने कृषकलाई ऋण उपलब्ध गराउनाका साथै गाउँमा उत्पादित दूध सङ्कलन गरी बजार पठाउने कार्य गरिरहेको छ । स्थानीय स्तरमा र बेझाड बजारमा दैनिक १५० लिटर दूध बिक्री भइरहेको छ । 

जिल्लामा गत आर्थिक वर्षमा ५१ हजार ९०० मेट्रिक टन दूध उत्पादन भएकामा   भैँसीको ४५ हजार १४७ मेट्रिक टन र गाईको १६ हजार ७५३ मेट्रिक टन दूध बजारमा खपत भएको थियो । 

यहाँ उत्पादन भएको दूध पोखरा, स्याङ्जालगायतका बजारमा बिक्री भइरहेको छ । यहाँ दैनिक उत्पादन हुने १४२ मेट्रिक टनमध्ये ९६ मेट्रिक टन भैँसीको दूध रहेको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा चन्द्रबहादुर राना बताउनुहुन्छ ।

“गाईले आठ महिनासम्म दूध दिने, चाँडै थाक्ने र अर्को पटक ब्याउन समय धेरै पर्खनुपर्ने हुँदा लामो समयसम्म पाल्न झन्झट हुने भएकाले भैँसी पाल्न नै किसान आकर्षित भए पनि बजारको मागअनुसार अझै दूध उत्पादन हुन सकेको छैन”, डा रानाले भन्नुभयो । 

उहाँका अनुसार बजारमा भैँसीको दूधको बढी माग आएकाले कृषकलाई भैँसी विस्तार गर्न अनुरोध गरिएको छ । दूधमा आत्मनिर्भर रहेको पाल्पामा बाहिरी जिल्लाबाट पनि भैँसीको दूधको माग बढी आउने गरेको व्यवसायीहरु बताउँछन् । जिल्लामा भैँसीपालनलाई महत्व दिँदै थोरैमा दुई-तीनवटा भए पनि भैँसीपालनलाई कृषकले व्यावसायिक रुप दिन थालेका छन् । भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका अनुसार ठूलो सङ्ख्यामा भैँसीपालन गर्ने एक दर्जन कृषक छन् । 

गाईको दूधबाट छुर्पी, पनिर, दही, घीउलगायतका परिकार बनाएर बेच्ने गरिएको छ । हाल बजारमा भैँसीको दूधको मूल्य रु १०० रहेको छ । दुग्ध व्यवसायीले भने भैँसीको दूध कृषकबाट रु ८० देखि माथि गुणस्तर जाँच गरेर मात्रै खरीद गरेका छन् । (रासस, सुशीला रेग्मी)