४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

सुरक्षाकर्मीलाई कामु प्रधानन्यायाधीशको आदेश– राणालाई प्रवेश नदिनु

सुरक्षाकर्मीलाई कामु प्रधानन्यायाधीशको आदेश– राणालाई प्रवेश नदिनु
अ+ अ-

काठमाडौं । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा जबरालाई सर्वोच्च परिसरमा छिर्न नदिन सुरक्षाकर्मी आदेश दिनुभएको छ ।

सर्वोच्च स्रोतका अनुसार कामु प्रधानन्यायधीश कार्कीले महाअभियोग निष्क्रिय भएको पत्र सर्वोच्च अदालतमा दर्ता भएपनि प्रवेश गर्न नदिन आदेश दिनु भएको छ । जबरा अदालत आए प्रवेश गर्न दिने कि नदिने अन्योलमा सुरक्षाकर्मी रहेको बताइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध लगाइएको महाअभियोग निष्क्रिय भएको पत्र सर्वोच्च अदालतमा आजै दर्ता भएको छ । बुधबार संसद्का महासचिव डा भरतराज गौतमले जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र दिनुभएको थियो ।

तर नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले जबरालाई अदालत परिसरमा छिर्न नदिनेभन्दै मूल गेटमा धर्ना दिएका छन् ।

उनीहरुले संसद् अधिवेशन बस्न बाँकी छँदै संसद् सचिवालयबाट बीचमै षड्यन्त्रमूलक तरिकाले पत्र दिइएको आरोप लगाएका छन् । महाअभियोगको प्रक्रियामा गइसकेपछि संसद्ले कुनै निर्णय नगरेसम्म जबरामाथि लगाइएको निलम्बन फुकुवा हुँदैन भन्ने प्रष्ट व्यवस्था हुँदाहुँदै संसद्का महासचिवले षड्यन्त्रमूलक पत्र लेख्नु स्वीकार्य नहुने ती संस्थाले बताएका छन् ।

त्यस्तै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पनि प्रधानन्यायाधीश जबरालाई सर्वोच्च परिसरमा छिर्न नदिन सुरक्षाकर्मी परिचालन गरेको स्रोतले बताएको छ । तर पत्र दर्ता भइसकेकाले जबरा अदालत आए प्रवेश गर्न दिने कि नदिने अन्योलमा सुरक्षाकर्मी रहेको बताइएको छ ।

यसअघि प्रतिनिधिसभामा गठित महाअभियोग सिफारिस समितिले जबराको बयान लिइसकेपछि जबराले अदालत प्रवेश गर्ने प्रयास गर्नुभएको थियो । त्यतिबेला अदालत प्रशासनले महाअभियोग निष्क्रिय भएको पत्र ल्याएको अवस्थामा प्रवेश गर्न दिने बताएको थियो ।

महाअभियोगबाट सफाइ पाएको अवस्थामा अदालत प्रवेश गर्न दिन मिल्ने दुवै बारले पनि बताउँदै आएका थिए ।

गत २०७८ फागुन १ जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । सो लगत्तै उहाँ निलम्बनमा पर्नुभएको थियो । बुधबार संसद्का महासचिव डा भरतराज गौतमले जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र दिनुभएको थियो । पत्र पाएलगत्तै जबरा सर्वोच्च अदालतमा हाजिर हुने तयारीमा हुनुहुन्छ ।

मंगलबार मात्र जबराले आफूलाई कामकारबाही गर्न रोक नलगाउन माग गर्दै संसद् सचिवालयमा निवेदन दिनुभएको थियो । त्यसको प्रतिउत्तरमा संसद्का महासचिव डा गौतमले महाअभियोग प्रस्ताव तत्कालीन प्रतिनिधिसभामा पेश, प्रारम्भिक छलफल र महाअभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर त्यसपछिको प्रक्रिया अगाडि नबढेको र नयाँ प्रतिनिधिसभाको निर्वाचन भइसकेकाले जबराले कार्यसम्पादन गर्न पाउने व्यहोरोका पत्र दिनुभएको थियो ।