• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   अवैध औषधि बेच्ने दुई मेडिकल बन्द ★   एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा ★   अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ– महान्यायाधिवक्ता ★   फास्ट ट्रयाक तोकिएकै समयमा बनिसक्छ, हालसम्म लागत बढेको छैनः प्रधान सेनापति शर्मा ★   काठमाडौँ–तराई–मधेश द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत ★   प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन ★   दाहाल नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिन एमाले तयार छः शंकर पोखरेल ★   स्याङ्जामा आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु ★   ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक, प्रमुख कलाकारले गरे कौडा नृत्य ★   धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

समानुपातिकतर्फको मतगणना सकियो, एमालेलाई ३४ सिट, समाजवादी राष्ट्रिय दल बन्न सकेन



काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार मंगलबार साँझ समानुपातिकतर्फ मतगणना सकिएको हो ।

नेकपा एमालेले समानुपातिकतर्फ ३४ सिट पाउने भएको छ। नेपाली कांग्रेसले ३२ सिट माओवादी केन्द्रले १४ सिट राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट ,राप्रपाले ७ सिट ,जनमत पार्टी र जसपाले ५/५ सिट पाएका छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्षतर्फ र समानुपातिकमा ११० जना निर्वाचित हुन्छन् ।