५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम महोत्सव उद्घाटन गर्नुहुने



file photo
अ+ अ-

सुदूरपश्चिम । प्रधानमन्त्री शेरबहादुर देउवाले यही मङ्सिर २२ गते कैलालीको धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्नुहुने भएको छ ।

महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष पुष्पराज कुँवरले प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुहुने उक्त महोत्सवको तयारी अन्तिम चरमा पुगेको जानकारी दिनुभयो । महोत्सव उद्घाटन समारोहमा विभिन्न जातिका संस्कृति झल्किेन झाँकी नृत्य प्रदर्शन गर्ने तयारी छ ।

सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ । कोरोना महामारीका कारण विगत दुई वर्ष महोत्सव आयोजना गर्न सकिएको थिएन् ।

उक्त महोत्सवमा स्थानीय खानाका परिकार, कृषिउपजलगायतका झण्डै चार सय कक्ष रहने बताइएको छ । आगामी पुस २ गतेसम्म सञ्चालन हुने उक्त महोत्सव अवधिमा झण्डै रु दश करोडको कारोबार हुने सङ्घले जनाएको छ ।