२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

वीरगन्जमा रचियो सभ्य र भब्य कन्सर्टको इतिहास– तस्बिरहरु

वीरगन्जमा रचियो सभ्य र भब्य कन्सर्टको इतिहास– तस्बिरहरु
अ अ+ अ-

वीरगन्ज । अघिल्लो दिन मात्र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले एउटै मञ्चबाट ‘भोलीको कार्यक्रममा हुलदंगा हुनदिने छैनौं’ भनेर आश्वस्त पारेका थिए । नभन्दै वीरगन्जमा संभवत पहिलोपटक हजारौं दर्शकको उपस्थिती रहेको रक कन्सर्ट सभ्य र भब्य तवरबाट सम्पन्न भएको छ । यसरी ‘मानवताका लागि संगीत’ अभियानका साथ देशभरको दौडाहामा निस्केको लोकरक ब्याण्ड नेपथ्यको दोश्रो कन्सर्टले साँगीतिक प्रस्तुतीका साथसाथै मुलुककै एक प्रमुख सहरमा नयाँ मानक स्थापित गरेको छ ।

नेपथ्य वीरगन्जमा यसअघि १८ वर्ष पहिले ‘शान्तिको लागि शिक्षा’ अभियान बोकेर उपस्थित भएको थियो । ‘यसपटक वीरगन्ज आउन हामीले झण्डै दुइ दसक कुर्नुपर्यो,’ कार्यक्रमको सुरुदेखि अन्तिमसम्मै दर्शकहरुबाट अपार साथ पाएका गायक अमृत गुरुङ भनिरहेका थिए, ‘अब वीरगन्ज र नेपथ्यको भेट छिटो छिटो हुने विश्वास दिलाउँछु ।’ जवाफमा अघिल्तिर उफ्रिँदै गरेका दर्शकले लामो तालीका साथ उनको भनाइलाई स्वागत गरेका थिए ।

अघिल्लो कार्यक्रमजस्तै यसपटक पनि नेपथ्यले पहिलो गीत ‘भेँडाको ऊनजस्तो’ प्रस्तुत ग¥यो । रेकर्डमा भन्दा थोरै परिमार्जन गरिएको यस गीतको झलक पाउनासाथ ठूलो उत्साहका साथ भीड नाच्न सुरुगरेको थियो । दर्शकहरुबीच त्यो तीब्र तापक्रम कन्सर्टको अन्तिमसम्मै जारी देखिन्थ्यो । त्यसपछि क्रमशः ‘छेक्यो छेक्यो’, ‘लामपाते सुरती’, ‘चरि मर्यो’, ‘जोमसोमे बजारमा’ हुँदै ‘शिरफूल’ जस्ता गीतहरुले निरन्तरता पाए । अन्यत्रभन्दा अलिक बेग्लै वीरगन्जमा भने अधिकांश दर्शकले नेपथ्यका बहुसंख्यक गीतमा गाएर साथ दिएको कमै देखिन्थ्यो । तर, सुरुदेखि अन्तिमसम्म रमाएर उफ्रिएको दृश्य चाहिँ अरु ठाउँभन्दा अझ रोचक थियो ।

कार्यक्रम अवधिभर गायक अमृत गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । ‘अर्को जुनी छ कि छैन थाहा छैन,’ उनी भनिरहेका थिए, ‘पुण्य कमाउने हो भने यसै जुनीमा र आजैबाट दान गर्न सुरु गरौं ।’ त्यसैगरि नेपाल र नेपालीत्वको जगेर्ना गर्न युवा पुस्ता अगाडि आउनुपर्ने आव्हान पनि गरेका थिए ।

‘के पहाड, के हिमाल, के मधेस– सबैभन्दा पहिले हामी नेपाली हइइइ..,’ आव्हान गर्ने आफ्नै मौलिक आवाज र शैलीमा अमृतले भनेका थिए, ‘हामी को हौं भन्ने कसैले पनि कहिल्यै पनि नभूलौं ।’ जवाफमा राष्ट्रिय झण्डा बोकेका तन्नेरीहरुको हुलले चर्को आवाजका साथ उनका भनाइलाई स्वागत गरेका थिए ।

मानवसेवा आश्रमका मनछुने तस्बिरहरु प्रस्तुत गर्दै ‘यो जिन्दगानी’ गाएपछि अमृतले आधुनिक नेपाली गायनका नायक नारायणगोपालको पनि सम्झना गरे । ‘आज मंसिर १९ अर्थात् नारायण दाइको पुण्य तिथि,’ उनले थपे, ‘नेपाली संगीतलाई असाध्यै धेरै गुन लगाउनुभएको उहाँको आत्माको शान्तिको कामना गर्छु ।’

कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’ को पालो आइपुग्यो । यो गीत गाउन सुरुगरेपछि सिंगो मैदान नृत्य गर्नेहरुले उडाएको धुलोले भरिएको देखिन्थ्यो । त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक अमृतले बोल्न पनि थालेः ‘तिमीले पाएको शिक्षा के देशभर सबैले पाएरु के तिमी आफूले पाएको अधिकार प्रयोग गर्दा अरुका अधिकारहरु सुरक्षित भए रु के तिमीले उपभोग गरेकोजस्तै स्वास्थ्य सेवा देशका प्रत्येक नागरिकले उपभोग गर्नसक्ने अवस्था बनायौ ?’

धुनकै क्रममा गायकबाट आएको यो तिखो प्रश्नले अगाडि उफ्रिरहेका दर्शकलाई थप उत्तेजित बनाएको थियो । कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो ।

‘वीरगन्जमा आजसम्मै यति भब्य कार्यक्रम यस रुपमा सम्पन्न भएको मलाइ सम्झना छैन,’ कार्यक्रममा रमाइरहेका विनोद परियार भनिरहेका थिए, ‘यसले संगीतको माध्यमबाट मनोरञ्जन मात्र नभइ समाजमा हार्दिकता पनि बढाउन सकिन्छ भन्ने प्रमाणित गरेको छ ।’
उद्योग वाणिज्य संघका मधेस प्रदेश अध्यक्ष एवं लेखक गणेश लाठले नेपथ्यको कार्यक्रमबाटै यो सहरमा स्तरिय दर्शकको उदय भएको र त्यो निकै उत्साहजनक रहेको बताउँदै खुशी ब्यक्त गरे ।

मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

संगीतका साथै मानवता प्रवद्र्धनकालागि नेपथ्यको यो कन्सर्ट वीरगन्जमा चिताएको भन्दा बढी सफलताका साथ सम्पन्न भएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताएका छन् । यसका निम्ति उनले सबै सहयोगीलाई धन्यवाद ब्यक्त गरे । ‘वीरगन्जमा नेपथ्यको कन्सर्ट यति सभ्य र भब्य रुपमा सम्पन्न हुनुले दुइवटा सन्देश दिएको छ,’ अधिकारीले थपे, ‘यो सहर परोपकारीहरुको सहर हो र यहाँ संगीत मनपराउने नयाँ पुस्ताको भब्य उदय भइरहेको छ ।’ वीरगन्जवासीको यो चाहनालाई आगामी दिनमा पनि मानवसेवा आश्रमले जिम्मेवारीका साथ पुरा गर्दै अघि बढ्ने विश्वास उनले दिलाए ।

वीरगन्जको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक र दुइवटा बस मार्फत् मंगलबार हेटौंडातर्फ प्रस्थान गरेको छ। मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित भुटनदेवी स्कुल मैदानमा नेपथ्य मंसिर २२ गते बिहीबार प्रस्तुत हुँदैछ ।