• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई सम्मान ★   भुर्तेल लगातार दोस्रो खेलमा डक आउट ★   गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी ★   एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस भएको ६ प्रतिवेदनमा के–के छ ? (पूर्णपाठ) ★   हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय ★   राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैनः ओली ★   गगन थापाको दाबीः अहिलेको गठबन्धन माघ कट्दैन ★   आईपीएलमा आजः दिल्ली र हैदराबाद भिड्दै ★   मुलुकको राष्ट्रिय राजनीति २९ महिना निक्कै कष्टकर – अध्यक्ष ओली

नेप्से परिसूचक घट्यो, कारोबार रकम पनि खुम्चियो



काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ८८ मा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।

आज दुई सय ३८ वटा कम्पनीको २५ लाख ८१ हजार चार सय २५ कित्ता शेयर रु ९६ करोड ५२ लाख १० हजार आठ सय ९९ मा खरिदबिक्री भएको छ ।

यस हप्ताको कारोबारमा सुरुका दुई दिन आइतबार र सोमबार दैनिक रु डेढ अर्बभन्दा बढीको कारोबार भएको थियो । आजको कारोबारमा ७८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय नौ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

आज तीनवटा समूहका बाहेक सबै समूहका उपसूचक घटेका छन् । जीवन बीमा समूह शून्य दशमलव ६७, लघुवित्त समूह १२ दशमलव ४० र अन्य समूह आठ दशमलव २८ अङ्कले बढेको छ । बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक ३५ दशमलव ०३ र निर्जीवन बीमा समूहको उपसूचक २७ दशमलव ०५ अकले घटेको छ ।

त्यस्तै, बैंकिङ समूह पाँच दशमलव ३१, विकास बैंक समूह २३ दशमलव ८६, वित्त समूह एक दशमलव २२, होटल समूह तीन दशमलव १३ र जलविद्युत् समूह आठ दशमलव ७७ अङ्कले घटेको छ । व्यापार समूह छ दशमलव ९८ अङ्कले घट्दा म्युचूअल फन्ड शून्य दशमलव १० र लगानी समूह शून्य दशमलव ५२ अङ्कले घटेको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता आठ दशमलव १७ प्रतिशतले बढेको छ भने एनएमबि बैंकको शेयर मूल्य प्रतिकित्ता छ दशमलव ०७ प्रतिशतले घटेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट रु आठ करोड १२ लाख ३४ हजार बराबरको एक लाख ३९ हजार ५०३ कित्ता शेयर किनबेच भएको छ ।