५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

उद्योगमन्त्री बडूसँग नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीको भेट

उद्योगमन्त्री बडूसँग नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीको भेट
अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरेको छ ।

उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्र जोगाउन नेतृत्वदायी भुमिका निर्वाह गर्न आग्रह गर्दै मंगलवार मन्त्रालयमा पुगेर मन्त्री बडूसँग भेट गरेको हो । यसअघि पनि उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्र जोगाउन नेतृत्वदायी भुमिका निर्वाह गर्न आग्रह गर्दै अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहालसँगसमेत भेट गरेको थियो ।

मुलुकको अर्थतन्त्र जोगाउन र अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि उद्योग मन्त्रीसँग भेट गरिएको महासंघले बताएको छ । उद्योग मन्त्रीसँगको भेटपछि न्युज एजेन्सीसँग भेटका विषयमा प्रतिक्रिया दिँदै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्याको विषयमा जानकारी दिनको लागि महासंघले भेट गरेको बताउनु भयो । उहाँले उद्योग मन्त्रीसँग पछिल्लो समय बजारमा देखिएको तरलता समस्याले उद्योग व्यवसायमा परेको समस्या कसरी सहज बनाउने विषयमा ध्यानाकर्षण गराएको बताउनु भयो ।

महासंघले पछिल्लो समय शीर्ष नेताहरूसमक्ष अर्थतन्त्रमा बहुुआयामिक असर परेको र बहुप्रतिक्षित चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षालेसमेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ चिन्ता प्रकट गर्दै समस्या समाधानमा सहयोग र समन्वय गर्न माग गर्दै आएको छ ।